पूर्वराजा ज्ञानेन्द्र शाहको कविता संग्रह प्रकाशित

पूर्वराजा ज्ञानेन्द्र शाहको कविता संग्रह प्रकाशित

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको कविता संग्रह प्रकाशित भएको   छ। शाहको  ‘दुई मुटु यौटा बाटो’ कविता संग्रह प्रकाशित भएको हो । 

प्रकाशित कृतिमा पुर्व राजा शाहले जीवन, जगत, मानवीय मूल्य, मान्यता तथा भावना संवेदनामा आधारित कविताहरू रचना गरेका छन्। पूर्वराजा ज्ञानेन्द्र शाहको जन्म दिवसको अवसरमा शाहको नाममा सो कृति प्रकाशनमा आएको ज्ञानेन्द्रको संवाद सचिवालयका सचिव फणिराज पाठकले बताएका छन।

उक्त कविता संग्रहमा देश परिवेश प्रकृति र वर्तमान मौजुदा स्थिति एवम गतिविधिका बारेमा प्रकाश पारेको पाठकको भनाइ छ।