डोटीको एक गाउँपालिका कार्यालयमा तालाबन्दी

डोटीको एक गाउँपालिका कार्यालयमा तालाबन्दी

डोटी । डोटीको एक गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ।  जिल्लाको बोगटान फुड्शिल गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरिएको हो । मंगलबार  गाउँपालिकाले विगतमा करारमा राखेका कर्मचारीद्दारा आफूहरुलाई हटाएको भन्दै तालाबन्दी गरेका हुन्। 

गाउँपालिकाले गत साउन २८ गते ७ जना कर्मचारी करार हटाइएको थियो ।  ति हटाइएका  करार कर्मचारीले  आफ्नो पुर्नवहालीको माग गर्दै आएका छन ।  

यता गाउँपालिकाका अध्यक्ष कमल गड्सिला काठमाडौं भएकाले ताला लगाएको कुरा सुनेको  तर  अन्य विषयमा आफू जानकार नभएको बताएका छन्। विवाद बारे केहि दिनमा छलफल गर्ने अध्यक्ष गड्सिलाले गर्ने बताए।