गोदावरी, कृष्णपुर जोड्ने पधनियाघाट झोलुङ्गे पुल जोगाउन जैविक तटबन्ध निर्माण गरिदैं

गोदावरी, कृष्णपुर जोड्ने पधनियाघाट झोलुङ्गे पुल जोगाउन जैविक तटबन्ध निर्माण गरिदैं

कैलाली । कैलालीको पधनियाघाट झोलुङ्गे पुल जोगाउन जैविक तटबन्धन निर्माणको काम सुरु गरिएको छ । कैलालीको गोदावरी नगरपालिका र कंञ्चनपुरको कृष्णपुर नगरपालिका जोड्ने पधनियाघाट झोलुङ्गे पुल जोगाउन जैविक तटबन्धन निर्माणको काम सुरु गरिएको हो । 

कृष्णपुर नगरपालिका ७ का स्थानीयले अत्तरिया, धनगढी बजार आउन दैनिक रुपमा प्रयोग गर्ने उक्त झुलुङ्गे पुल बाढीको उच्च जोखिममा परेपछि दुवै पालिकाको साझेदारीमा तटबन्धन निर्माण गर्न लागिएको छ । 
कृष्णपुर नगरपालिका  वडा नम्बर ७ का वडा अध्यक्ष घुम्मन रानाले जैविक तटबन्धन निर्माणका लागि वडाबाट १५ जना प्रधानमन्त्री स्वरोजगार कार्यक्रमका १५ जना परिचालन गरिएको बताए । साथै करिब २ सय मिटर लम्बाइको उक्त तटबन्धन निर्माणका लागि गोदावरी नगरपालिकाले ५० हजार सहयोग गर्ने प्रतिवद्धता गरेको वडाध्यक्ष रानाले बताए ।