प्रधानमन्त्री देउवालाई भेट्न केपी ओलीसहितका नेताहरू बालुवाटारमा

प्रधानमन्त्री देउवालाई भेट्न केपी ओलीसहितका नेताहरू बालुवाटारमा

काठ्माण्डौ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेटेका छन ।  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित एमालेका नेताहरू देउवालाई भेट्न आज बिहान अध्यक्ष ओलीसहित नेताहरू बालुवाटार गएका हुन्। उनीहरूबीच अहिले भेटवार्ता जारी छ।

आजको भेटवार्तामा नागरिकता विधेयक र मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनलगायत समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गरिने स्रोतले जनाएको छ।

चुनावको मिति घोषणा गर्दा पनि प्रतिपक्षी दलसँग परामर्श नगरिएको आरोप एमालेको थियो। प्रमुख प्रतिपक्षी एमालेका नेताहरूले सरकारले प्रतिपक्षी दलसँग छलफल नगरी अघि बढेको बताइरहेका थिए। 

प्रधानमन्त्री देउवाले प्रतिपक्षी दलका नेता ओलीलाई टेलिफोन गरे पनि त्यसबेला सम्पर्क हुन नसकेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिक्रिया दिएका थिए।