दश वटा निर्माण व्यवसायी र आपूर्तिकर्ता कालो सूचीमा

दश वटा निर्माण व्यवसायी र आपूर्तिकर्ता कालो सूचीमा

काठमाण्डौ । सरकारले सम्झौता अनुसार काम नगरेका १० वटा निर्माण व्यवसायी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले सम्झौता अनुसार काम नगरेको भन्दै आज सूचना निकालेर कालोसूचीमा राखिएको जनाएको छ ।

सार्वजनिक निकायबाट लेखी आएका आधारमा कालोसूचीमा राखिएको र तोकिएको अवधिसम्म उनीहरुले कुनै पनि खरिदको कामकारबाही गर्न नसक्ने सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ । सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ उपदफा १ अनुसार उनीहरुले तोकिएको अवधिसम्म काम गर्न पाउने छैनन् ।