पल शाहको मुद्दामा आज सुनुवाइ हुँदै

पल शाहको मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौं । बलात्कार अभियोगमा थुनामा रहेका अभिनेता पल शाह  पूर्णविक्रम शाह को मुद्दाको नयाँ पेशी तोकिएको छ। नवलपुर जिल्ला अदालतमा आज यो मुद्दामा सुनुवाइ हुँदैछ। 
 
नेपाल सरकार वादी र शाह प्रतिवादी रहेको यो मुद्दा न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासमा परेको छ।

तनहुँ जिल्ला अदालतले भदौ १५ गतेका लागि जबर्जस्ती करणीविरुद्धको मुद्दाको पेशी तोकेको शाहको तर्फबाट कानून व्यवसायी रहेका कमलमोहन वाग्लेले जानकारी दिए। नाबालिकामाथि जबर्जस्ती करणी गरेको भन्दै पलविरुद्ध फागुन ११ गते तनहुँ जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो। फागुन १५ गते शाहले प्रहरीसामु आत्मसमर्पण गरेका थिए।