डडेल्धुरामा जेसिबी दुर्घटना,२ जना घाइते

डडेल्धुरामा जेसिबी दुर्घटना,२ जना घाइते

डडेल्धुरा । डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा जेसिबी दुर्घटना भएको छ। गाउँपालिकाको वडा नम्बर ४ लेउबाटाबाट बडाल आइरहेको जेसिबी वडा नम्बर ४ को ठुल्खोला भन्ने ठाउँमा दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।

दुर्घटनामा गन्यापधुरा ४ का जेसीबी धनी चेतराज भट्ट र वडा नम्बर ४ कै सहचालक धर्मराज भट्ट घाइते भएको गणेशपुर अस्थायी प्रहरी चौकीका असई गोबिन्द सेवा डाँगाले बताए। घाइते दुवैजनाको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।