कैलाली क्षेत्र नम्बर १ बाट चुनाव लड्ने रञ्जिताको घोषणा

कैलाली क्षेत्र नम्बर १ बाट चुनाव लड्ने रञ्जिताको घोषणा

धनगढी  । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष एवम् रेशम चौधरीका पत्नी रञ्जिता श्रेष्ठ चौधरीले प्रतिनिधि सभा निर्वाचनका लागि आज आफ्नो उम्मेदवारी घोषणा गरेकी छन् ।

उनले कैलाली क्षेत्र नम्बर १ बाट चुनाव लड्नका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट रेशम चौधरीले अत्यधिक मतका साथ प्रतिनिधि सभाको निर्वाचन जितेका थिए ।