कैलालीको घोडाघोडीमा बालबालिकाको अवस्था विश्लेषण र कार्य योजना निर्माण गरीने

कैलालीको घोडाघोडीमा बालबालिकाको अवस्था विश्लेषण र कार्य योजना निर्माण गरीने

कैलाली । कैलालीको घोडाघोडी नगरपालिकामा स्थानीय बाल संरक्षण अवस्था विश्लेषणको आधारमा ५ वर्षे कार्य योजना निर्माण तथा सेवा स्रोत नक्शांकन सम्बन्धी दुई दिने कार्यशाला गोष्ठी कार्यक्रम सुखडमा सुरु भएको छ । वर्ल्ड भिजन इन्टरनेशनल नेपाल, बाल कल्याण सङ्घ टिकापुरको सहकार्य र स्थानीय बाल अधिकार संरक्षण समिति घोडाघोडीको आयोजनामा दुई दिने कार्यशाला गोष्ठी सुरु भएको हो । 
 
कार्यशाला गोष्ठीमा वडा नम्बर १ देखी १२ सम्म वडामा देखिएका विभिन्न समस्याको बारेमा छलफल भएको छ ।  विभिन्न समूहमा छलफल गरेर पहिचान गरेका मुख्य सवालहरूलाई यो ५ वर्ष भित्रमा ती सवालहरूलाई के कसरी न्यूनीकरण गर्न सकिन्छ भनेर कार्यक्रमको आयोजना गरीएको बताईएको छ ।
 
दुई दिने कार्यशाला गोष्ठीमा घोडाघोडी नगरपालिकाले बालबालिकाको क्षेत्रमा काम गर्नको लागी बाल संरक्षण अवस्था विश्लेषणको आधारमा ५ वर्षे कार्य योजना निर्माण तथा सेवा स्रोत नक्शांकन गरिने बताईएको छ । गरिबी, अशिक्षा, चेतना अभाव र बनेका ऐन तथा कानुनको प्रभावकारी नहुँदा समुदायमा रहेका बालबालिकामा समस्या सृजना भएको सहभागीहरूको भनाई थियो । स्थानीय बाल अधिकार संरक्षण समिति घोडाघोडी नगरपालिका संयोजक तथा उप प्रमुख गुलिया कुमारी चौधरीको सभाध्यक्षमा भएको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख खडक बहादुर रावत रहेका थिए ।