अब धनगढीमा तोकेको स्थानमा मात्रै ठेला व्यवसाय गर्न पाइने

अब धनगढीमा तोकेको स्थानमा मात्रै ठेला व्यवसाय गर्न पाइने

धनगढी । धनगढी उपमहानगरले तोकेको स्थानमा मात्रै ठेला व्यवसाय सञ्चालन गर्न दिने मापदण्ड बनाएको छ । उपमहानगरपालिकामा जथाभावी रुपमा सञ्चालन भएका ठेला व्यवसाय व्यवस्थापन गर्ने भएको छ। मंगलबार उपभोक्ता हित संरक्षण समितिको बैठकले बजार व्यवस्थापन गर्न उक्त निर्णय गरेको नगरपालिकाले जनाइएको छ।
 
बुधबार एक उपमहानगरपालिकाले विज्ञप्ति जारी गर्दै नगर क्षेत्रभित्र ठेला व्यवसाय सञ्चालन गर्न अनिवार्य रुपमा दर्ता गरी अनुमति लिनुपर्ने निर्णय गरेको जनाएको छ। साथै विज्ञप्तिमार्फत अब उपमहानगरले तोकेको स्थानमा मात्रै ठेला व्यवसाय सञ्चालन गर्न पाउने निर्णय भएको जनाइएको छ। 

त्यस्तै छड्के अनुगमन हुने र अनुगमन सरकारी निकाय तथा निजी क्षेत्रको समन्व्यमा हुने ,तथा नियमित रुपमा बजार अनुगमनका लागि कार्ययोजना बनाइ स्वीकृत गरिएको निर्णय बैठकमा भएको विज्ञप्तिमा जनाएको छ।