कञ्चनपुरमा पूर्व आर्थिक मन्त्री तामाङद्दारा झण्डै २५ करोडका निर्माण योजनाको शिलान्यास

कञ्चनपुरमा पूर्व आर्थिक मन्त्री तामाङद्दारा झण्डै २५ करोडका निर्माण योजनाको शिलान्यास

कैलाली । सुदूरपश्चिम प्रदेशका पूर्व आर्थिक मामिला मन्त्री तारालामा तामाङले एकैदिन झण्डै २५ करोडका तीन वटा सडक र पुल निर्माणका योजना शिलान्यास गरेका छन।
 
पूर्व आर्थिक मामिला मन्त्री तारालामा तामाङले कञ्चनपुरको पुनर्वास नगरपालिकामा २४ करोड ९८ लाख बराबरको लागत भएका तीन वटा महत्वपूर्ण योजनाको बुधबार शिलान्यास गरेका हुन।

नेकपा एकीकृत समाजवादीका प्रदेशसभा सदस्य तामाङको निर्वाचन क्षेत्र समेत रहेको यस क्षेत्रमा बुधबार पुनर्वास नगरपालिका–९ मा २०८१ असार ३० गतेभित्र सम्पन्न गर्नेगरी १६ करोड २५ लाख जिरो प्वाइन्ट रहेको कोटी होम–घ गाउँ–ङ गाउँ बिचफाँटा सडक निर्माणको  शिलान्यास गरेका छन् । जुन शंकर जेभी निर्माण सेवालाई ठेक्का दिइएको छ।

यस्तै तामाङले पुनर्वास नगरपालिका–१० मा पर्ने योजनामा पूर्वाधार विकास कार्यालय कञ्चनपुरले लमैया नाला बक्स कलभटको गत असार ५ गते अगामी २०८१ असार ३० गतेभित्र सम्पन्न गरि सक्नेगरी ठेक्का सम्झौता गरेको थियो । उक्त ३ करोड ३३ लाखको कलभटको पनि शिलान्यास गरेका छन्। जुन वाइ आर, हटैराज जेभीले निर्माण गर्ने भएको छ । 

यस्तै नेकपा एकीकृत समाजवादीका प्रदेशसभा सदस्य समेत रहेका तामाङको निर्वाचन क्षेत्रमा पर्ने पुनर्वास नगरपालिका–४ को कोटी होम घ गाउँदेखि पुनर्वास नगरपालिका कार्यालयलाई जोड्ने तीन किलोमिटर ७२० मिटरको सडकको पनि बुधबार नै शिलान्यास गरिएको छ।