अस्पतालबाट फरार भएका कैदी पक्राउ

अस्पतालबाट फरार भएका कैदी पक्राउ

काठमाडौं । हिजो उपचारका लागि टिचिङ अस्पतालबाट फरार भएका कैदी पक्राउ परेका छन्। त्रिवि शिक्षण अस्पताल महाराजगन्जबाट रामेछाप पिल्पुङग गाउँपालिका–२ घर भएका ३१ वर्षीय भोला बुढाथोकी फरार भएका थिए।  

फरार बुढाथोकी अनाश्रित गुल्म नख्खु ललितपुरको कारागारमा रहेका थिए। उनलाई ललितपुरको लुभुबाट पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता टेकप्रसाद राईले जनाकारी दिएका छन। काठमाडौं उपत्यका प्रहरी कार्यालयले कैदीबन्दी फरार रहेको भन्दै अनाश्रित गुल्म नख्खुको कार्यालय प्रमुखलाई जिम्मेवारीबाट हटाएको थियो। 

कैदीबन्दी फरार घटनाको सम्बन्धमा अध्ययन गर्न कार्यालयका प्रहरी उपरीक्षक देवेन्द्रबहादुर पालको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको थियो।