नेकपा एकीकृत समाजवादीले आज पार्टी पुनर्गठन दिवस मनाउँने

नेकपा एकीकृत समाजवादीले आज पार्टी पुनर्गठन दिवस मनाउँने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले आज पार्टी पुनर्गठन दिवस मनाउँने भएको छ। 

आज दिउँसो १ बजे बानेश्वरस्थित एक ब्यांक्वेटमा पुनर्गठन दिवस मनाउन लागिएको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिएका छन।  प्रवक्ता खतिवडाले आफूहरूले पार्टी पुनर्गठनपछि पहिलो परिणाम प्रतिगमनकारी एमालेलाई सत्ताबाट झारेको र लोकतान्त्रिक शक्तिलाई एक ठाउँमा उभ्याएर संविधान जोगाएको बताए। 

गत वर्ष नेकपा ९एमाले० बाट विभाजन भई माधवकुमार नेपालको नेतृत्वमा भदौ २ गते निर्वाचन आयोगमा दल दर्ताको लागि निवेदन दिएकोमा भदौ ९ गते प्रमाणपत्र पाएको दिनलाई पार्टी पुनर्गठन दिवसको रुपमा मनाउन लागेको हो।  


प्रवक्ता खतिवडाका अनुसार पार्टीले हालसम्म ५ लाख सदस्यता वितरण गरिसकेको छ। २ लाख भन्दा बढी सदस्य पार्टीका विभिन्न कमिटीमा आवद्ध भइसकेको प्रवक्ता खतिवडाको भनाइ छ।