कैलालीका एक युवक सात वर्षदेखि फलामे साङ्लोमा बाँधिएर गोठमा बस्दै

कैलालीका एक युवक सात वर्षदेखि फलामे साङ्लोमा बाँधिएर गोठमा बस्दै

धनगढी । कैलालीका एक युवक सात वर्षदेखि साङ्लोमा बाँधिएर गोठमा बस्दै आएका छन् । मानसिक रोगीले ग्रसित कमजोर आर्थिक अवस्थाका कारण उपचार नपाएर सात वर्षदेखि फलामे साङ्लोमा बाँधिएर गोठमा बस्दै आएका हुन । 

धनगढी उपमहानगरपालिका–११, घोडसुवाका ३० वर्षीय सुकराम चौधरीलाई सात वर्षदेखि हिलाम्मे र दुर्गन्धित गोठमा हातमा फलामे साङ्लोले बाँधेर राख्ने गरिएको छ । प्रायः निर्वस्त्र अवस्थामा रहने उनी बाँधिएकै अवस्थामा गोठमै दिसापिसाब गर्ने बाँधिएकै अवस्थामा खाना खान्छन् । 

सुकरामकी आमा कुनकी चौधरीका अनुसार छोरो सुकराम एक मानसिक रोगी हो।  आफूहरु दैनिक ज्यालामजदूरीका लागि घरबाहिर जानुपर्ने भएकाले छोरा ९सुकराम० लाई साङ्लोले बाँधेर राख्नुपर्ने बाध्यता रहेको सुकरामकी आमा कुनकीले बताईन।

कुनकीका दुई छोरा छन् । जेठो छोरो सुकरामलाई मानसिक रोग लागेको छ । आठ वर्षको उमेरमा घरनजिकको जामुनको रुखबाट खसेपछि मानसिक रोगी भएको हो । पैसा नहुँदा छोराको उपचार गर्न नसक्दाँ छोराको रोग बढ्दै गएको बताउ छिन् । 

हामी दिनभरी ज्याला मजदूरी गर्न जान्छौँ, घरमा छोरालाई एक्लै छोड्दा गाउँभरी भौतारिने भएर हात बाँधेर गोठमा राखेर काममा जाने गरेको बताईन ।  

 दैनिक ज्यालामजदूरी र अरुको जग्गा अधियामा कमाएर गुजारा गर्दै आएकी उनीले सुकरामको उपचारका लागि अहिलेसम्म ६ लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको बताईन । छोराको उपचारका लागि लिएको ऋणको अहिले ब्याजसमेत तिर्न सकेकी छैनन् ।’उनले राम्रो अस्पतालमा लैजान पाए छोरोको रोग सञ्चो हुन्थ्यो कि भन्ने झिनो आशा रहेको बताइन् ।