नेपाल र केन्याबीच टी-२० मा ९ वर्षपछि भिडन्त

नेपाल र केन्याबीच टी-२० मा ९ वर्षपछि भिडन्त

नेपाल र केन्याबीच टी-२० मा ९ वर्षपछि भिडन्त हुन लागेको छ । एकदिवसीयमा भने नेपाल र केन्या तीन वर्षअघि भिडेका थिए।नेपाल र केन्याबीचको खेल नेपाल समयअनुसार अपरान्ह ३ : ४५ बजे सुरू हुनेछ। खेल नेपालका लागि टी-२० वरीयता सुधार गर्न र नयाँ प्रशिक्षक मनोज प्रभाकरलाई नेपाली खेलाडी चिन्न महत्वपूर्ण हुने विश्वास गरिएको छनेपाल र केन्याबीचको क्रिकेट सिरिज आजदेखि सुरू हुँदैछ।
 
नेपाली टिमका ११ सदस्य दुई दिनअघि केन्या पुगेका थिए।  भिसा समस्याका कारण बाँकी पाँच खेलाडी पनि आजको खेलअघि मात्र नै रोबी पुग्दैछन्। 

नेपाल र केन्याबीच टी(२० मा ९ वर्षपछि भिडन्त हुन लागेको हो। यसअघि नेपाल र केन्या सन २०१३ को टी(२० विश्वकप छनोटमा प्रतिस्पर्धा गरेका थिए। शरद भेषवाकरले उत्कृष्ट फिनिसिङ गर्ने क्रममा अन्तिम ओभरमा तीन छक्कासहित २० रन प्रहार गरेपछि खेलमा नेपाल ६ विकेटले विजयी भएको थियो। 

प्रशिक्षक प्रभाकरले जिम्मेवारी सम्हालेसँगै नेपालले केन्यामा पाँच टी(२० र तीन एकदिवसीय खेल खेल्न लागेको हो। नेपालले पहिलो आज पहिलो टी–२० खेल्दा दोस्रो खेल भदौ १० गते खेल्नेछ भने तेस्रो खेल भदौ १२ गते खेल्नेछ।  चौथो खेल भदौ १३ र अन्तिम खेल भदौ १४ गते खेल्नेछ।