डोटीको आदर्श गाउँपालिकाले  तिज कार्यक्रम नगर्ने

डोटीको आदर्श गाउँपालिकाले  तिज कार्यक्रम नगर्ने

धनगढी । नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा आदर्श गाउँपालिकाले आयोजना गर्ने भनिएको तिज बिशेष कार्यक्रम स्थगित गरेको छ ।
आदर्श गाउँपालिका वडा नं ६ गिरीचौका स्थित स्वास्थ्य चौकीमा कार्यरत अनमी जानकी बोहरा खडायतको  बुधबार साँझ उपचारका क्रममा मृत्यु भएपछि उनको शोकमा तिज बिशेष कार्यक्रम स्थगित गरिएको गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी रोकायाले जानकारी दिएकाी छन ।  
गाउँपालिकाले भदौ ११ गते पालिकास्तरिय तिज बिशेष कार्यक्रम आयोजना गर्ने घोषणा गरेको थियो । गाउँपालिकाले बिहीवार  सुचना जारी गर्दै सम्बन्धित शाखामा शोक सभा राखिएकाले तिज कार्यक्रम स्थगित गरिएको उल्लेख गरेको  छ । 
मृतक अनमी जानकी बोहरा खडायतको पेटमा  मृत बच्चा रहेकाले  उच्च रक्तश्रापका कारण जिल्ला अस्पताल डोटीमा मृत्यु भएको थियो । आज  गाउँपालिकामा शोक भनेर बिदा दिएको छ ।  

No description available.