धनगढीमा लागुऔषधसहित एक जना पक्राउ

धनगढीमा लागुऔषधसहित एक जना पक्राउ

धनगढी । धनगढीमा लागुऔषध ब्राउनसुगरसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा देवरिया बस्ने २४ वर्षीय फुलचन्द्र राना रहेका छन । रानालाई धनगढी उपमहानगरपालिका ७ बाट ब्राउनसुगर ३ सय १० मिलिग्रामसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको र अनुसन्धान भइरहेको जनाएको छ।