बैतडीमा कार्यालय सहयोगीमाथी जबरजस्तीकरणीको आरोपमा स्वास्थ्य चौकी इन्चार्ज पक्राउ

बैतडीमा कार्यालय सहयोगीमाथी जबरजस्तीकरणीको आरोपमा स्वास्थ्य चौकी इन्चार्ज पक्राउ

बैतडी । बैतडीको सिगास गाउँपालिकाको एक स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्य इन्चार्न पक्राउ परेका छन् । स्वास्थ्य केन्द्रमै कार्यरत कार्यालय सहयोगीमाथी जबरजस्तीकरणीको आरोपमा स्वास्थ्य चौकी इन्चार्ज २७ वर्षीय खगेन्द्र धामी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बैतडीका सुचना अधिकारी लोकराज जोशीले जानकारी दिए ।

असार १६ गते जबरजस्तीकरणी गरेको बताइएको छ । पिडित महिलाले साउन २५ गते प्रहरीमा निवेदन दिएकी थिइन् । त्यसपछि यहिँ भदौ ६ गते अहेब धामीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।  महिलाको परिचय खुल्न सक्ने भएकाले स्वास्थ्य चौकीको नाम उल्लेख गरिएको छैन ।