आजदेखि समानुपातिकतर्फको उम्मेदवारी दर्ता सुरु

आजदेखि समानुपातिकतर्फको उम्मेदवारी दर्ता सुरु

काठमाडौँ । आगामी निर्वाचनका लागी समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने राजनीतिक दलेले आज देखि निवेदन दर्ता गराउनु पर्ने छ । 
प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दलेले आज देखि निवेदन दर्ता गराउँदैछन्।

आयोगको   कानुन  तथा  राजनीतिक दल  व्यवस्थापन  महाशाखाका  प्रमुख  यज्ञप्रसाद  भट्टराईका अनुसार निर्वाचन आयोगले भदौ १० देखि १२ गतेसम्म दर्ताका लागि निवेदन पेस गर्नुपर्ने जनाएको छ ।  

प्रतिनिधिसभा  र  प्रदेश  सभा  सदस्यको समानुपातिकतर्फ भाग लिन मुख्य निर्वाचन अधिकृतकै कार्यालयमा निवेदन दिनुपर्ने आयोगले जनाएको छ।समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम सञ्चालन गर्न मुख्य निर्वाचन अधिकृतको  कार्यालय  आयोगमै स्थापना  भएको छ। 

आयोगले गत  साउन  २२  देखि  ३१  गते  सम्म निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न आह्वान गर्दा ८७ वटा दल दर्ता भएका थिए। दर्ता भएका दलमध्ये   समानुपातिकतर्फ भाग  लिन  चाहने दलले  मुख्य  निर्वाचन अधिकृतको  कार्यालयमा निवेदन दिनुपर्नेछ। 

एकल  चुनाव  चिह्न लिई  संयुक्त रूपमा  निर्वाचनमा सहभागी  हुनेगरी आयोगमा दर्ता भएका  दलले सबै दलको केन्द्रीय समितिको संयुक्त वा अलग–अलग रूपमा निवेदन दिन पाउने छन्। दलले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि छुट्टै र प्रदेशसभा  सदस्यको समानुपातिकतर्फ  प्रत्येक प्रदेशका  लागि  छुट्टै निवेदन  दिनुपर्नेछ ।