एनआईसि एशिया बैंक बझाङ मा कार्यरत एक कर्मचारी मृत फेला आफन्तद्वारा  कार्यलय तोडफोड

एनआईसि एशिया बैंक बझाङ मा कार्यरत एक कर्मचारी मृत फेला आफन्तद्वारा  कार्यलय तोडफोड

बझाङ  ।  एनआईसि एशिया बैङ्क बझाङमा कार्यरत एक कर्मचारी मृत फेलापरेका छन् । मृत फेला पर्नेमा जयपृथ्वी नगरपालिका –११ पिठालेक घर भएका बर्ष ५२ का रोहित थापा रहेका छन् ।

उनि भदौ ३ गते देखि कसैको सम्पर्कमा नरहेको उनका आफन्त रतन थापाले जानकारी दिए । थापा बुधबार जिल्लाको केदारस्युँ गाउँपालिकाको चौडाम बगर नजिकै सेती नदीमा मृत अवस्थामा फेला परेका थिए ।

उनि करिब ३ बर्ष देखि एनआईसि एसिया बैङ्कमा सुरक्षा गार्डको रुपमा कार्यरत रहेको आफन्तले जानकारी दिएका छन् । उनि भदौ ३ गते साँझ ६ बजेपछी अफिसबाट विदा भएपछी भोली पल्ट अफिस नआएर सम्पर्क विहिन भएको बुझिएको छ ।

विहिबार मृतक थापाका आफ्न्तले बैङ्क विरुद नारा लगाउदै बेपत्ता भएको एक हप्ता सम्म पनि आफुहरुलाई जानकारी नदिएको र खोजतलासी नगरेको भन्दै बैङ्कमा ढंगामुडा गरेपछी बैङ्कको कार्यालयमा तोडफोड गरेको छ । दिउसो देखी नेपाल प्रहरी, शसस्त्र प्रहरीले बैङ्कमा सुरक्षा दिएको छ । मृतक थापाका आफन्तले शब बुझ्न मानेका छैनन् । 

शब पोष्टमार्टमका लागि जिल्ला अस्पताल सिमखेत राखिएको र घटनाको थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्र्यालय बझाङका डिएसपी जागेश्वर भण्डारीले बताए । साथै बैङ्कमा असुरक्षा भएको भन्दै केहि दिन सुरक्षाको घेरामा राखेर सेवा संचालन गरिने डिएसपी भण्डारीले बताए ।