धनगढीमा हुने वृहत रक्तदान महोत्सव कार्यक्रमको तयारी पुरा

धनगढीमा हुने वृहत रक्तदान महोत्सव कार्यक्रमको तयारी पुरा

धनगढी।  धनगढीमा हुने वृहत रक्तदान महोत्सव कार्यक्रमको तयारी पुरा भएको छ ।

 भाद्र ११ गते शनिबार बैतडी समाज कैलालीको आयोजनामा हुने वृहत रक्तदान महोत्सव कार्यक्रमको तयारी पुरा भएको कार्यक्रम संयोजक राज बहादुर चन्दले जानकारी दिएका छन् । रक्त दान जिवनदान भन्ने मुल नाराका साथ आठौं वृहत रक्तदान महोत्सव बैतडी समाजको सचिबालय, पद्मा नर्सिङ कलेजको प्राङगणमा विहान ९ बजे देखि हुदैछ । 

कार्यक्रम संयोजक चन्दका अनुसार उक्त कार्यक्रममा निशुल्क स्वास्थ्य शिविर,निशुल्क आँखा  शिविर,नशुल्क दँन्त शिविर समेत संचालन गरिने छ ।  

त्यस्तै यस कार्यक्रममा धनगढी नेत्रालयले निशुल्क आँखा चेक जाँच तथा निशुल्क औषधि र नजिकको नजर  चस्मा  बितरण को साथै मोतिबिन्दु, र अन्य शल्यक्रिया  गर्नु पर्ने आँखाका बिमारिको धनगढी  नेत्रालयमा प्रबिधि बाट निशुल्क शल्यक्रिया गरि उपचार गरिने  छ । 

त्यस्तै समृद्धि डेन्टलद्दारा  निशुल्क दन्त परिक्षण र आवश्यक परामर्श दिईने छ भने उपचारमा १५ प्रतिशत छुट दिईने जनाएको छ । 
यस्तै यस कार्यक्रममा सारथी अस्पताल प्रा लिद्दारा निशुल्क स्वास्थ्य शिविर संचालन गरिने छ । जसमा शुगर, प्रेशर र दमको जाँच गरी यि विरामीलाई एक महिनाको औषधी निशुल्क दिईने जनाएको छ । 

बैतडी समाज कैलालीले आफ्नो स्थापना काल देखि नै  विभिन्न सामाजिक परोपकारका कार्य गर्दै आएको छ । महोत्सब भोली भाद्र ११ गते बैतडी समाजको सचिवालय, पद्मा नर्सिङ कलेजको प्राङ्गणमा हुने छ । साथै कार्यक्रमा रक्त दाता हरुलाई बिहान चियापान र दिउँसो खानाको समेत ब्यबस्थापन गरिएको छ । 

साथै संयोजक चन्दले सबै भन्दा महान दान रगत दान भएकोले उक्त पवित्र कार्यमा सरिक हुन सबैमा आग्रह साथै चुले निम्तो दिएका छ्न ।