डडेल्धुरा र डोटीमा लाइसेन्सको ट्रायल परीक्षा शनिवार, मुख्यमन्त्री भट्टले उद्घाटन गर्ने

डडेल्धुरा र डोटीमा लाइसेन्सको ट्रायल परीक्षा शनिवार, मुख्यमन्त्री भट्टले उद्घाटन गर्ने

डडेल्धुरा ।डडेल्धुरा र डोटीमा पहिलो पटक हुने सवारी चालक  प्रयोगात्मक परीक्षा (ट्रायल)भोली शनिवार उद्घाटन गरिदै छ ।

यातायात व्यवस्था कार्यालय डडेल्धुरा र डोटीले साउन अन्तिम साता लाइसेन्सको लिखित परीक्षा सञ्चालन गरेकोमा शनिवार ट्रायल उद्घाटन गर्न लागेका हुन्। दुवै जिल्लामा सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले ट्रायल उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ।

डडेल्धुरा र डोटीमा पहिलो पटक सवारी चालक अनुमति पत्र (लाइसेन्स)को लागि प्रयोगात्मक परीक्षा (ट्रायल) हुने भएको छ।भोलि सुरुमा डोटी र त्यसपछि डडेल्धुरामा ट्रायल  उद्घाटनको कार्यक्रम रहेको कार्यालय प्रमुख मेखराज उपाध्यायले  बताएका छन् । 

त्यस्तै यातायात डडेल्धुरामा  पहिलो पटक सञ्चालन भएको ए, के र बी वर्ग अर्थात मोटरसाइकल, स्कुटर, जीप र कारको प्रयोगात्मक परीक्षा सञ्चालन गर्न लागिएको जनाएको  । प्रयोगात्मक परीक्षा सञ्चालन गर्दै भोलि नै परीक्षणकालीन लाइसेन्स वितरण गर्ने तयारी रहेको कार्यालय प्रमुख उपाध्यायले जानकारी दिए ।  

सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद्को बैठकले ०७८ साल चैत १६ गते यातायात व्यवस्था सेवा कार्यालयको स्तरोन्नति गर्दै यातायात व्यवस्था कार्यालय डडेल्धुरा र डोटीमा राखिएको थियो ।