सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्दै

सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्दै

काठमाडौं । आगामी निर्वाचनका लागी सत्ता गठबन्धनको पाँच दलीय सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्ने भएको छ । पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुले दिएको निर्देशन अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा आज अपरान्ह ४ बजे  बस्न लागेको हो ।

बिहीवार बसेको कार्यदलको बैठकमा नेपाली कांग्रेसले १ सय, नेकपा माओवादी केन्द्रले ६०, नेकपा एसले ४०, जनता समाजवादी पार्टीले ३२, राष्ट्रिय जनमोर्चा पार्टीले ३ सिटको दाबी पेश गरेका छन् ।प्रतिनिधिसभाका १ सय ६५ निर्वाचन क्षेत्रको अवस्थाका बारेमा विस्तृत अध्ययन गरेर प्रतिवेदन पेश गर्न कार्यदललाई निर्देशन दिएअनुसार कार्यदलमा छलफल निरन्तर चलिरहेको छ । 

सिट बाँडफाँट टुंगोमा पुग्नका लागि कार्यदलको बैठक झन्डै एक महिना देखी चलिरहेको भए पनि निष्कर्षमा भने पुग्न सकेको छैन । कार्यदलको बैठकले विस्तृत अध्ययन प्रतिवेदन बुझाए पछि गठबन्धनका शीर्ष नेताले अन्तिम निर्णय लिनेछन् ।