बैतडीमा छोटो दुरीका सवारीले पनि अनिवार्य टिकट दिनुपर्ने

बैतडीमा छोटो दुरीका सवारीले पनि अनिवार्य टिकट दिनुपर्ने

धनगढी । बैतडीमा  सवारीमा पनि यात्रुलाई अनिवार्य टिकट दिनुपर्ने भएको छ। जिल्ला प्रशासन कार्यालयले बिहीबार आयोजना गरेको बैठकले भदौ १५ गतेबाट अनिर्वाय रुपमा सबै यातायातका सवारीसाधनहरुले टिकट काटेर मात्र यात्रु बोक्नुपर्ने निर्णय गरेको हो।
 
जिल्ला भित्र सञ्चालित सवारीसाधनमा यातायात व्यवसायीहरुले टिकट नदिएर तोकिएको भन्दा बढी भाडा लिने गरेको गुनासो आएपछि यस्तो निर्णय गरिएको बताइएको छ। टिकट नकाटेर यात्रु बोक्ने सवारीसाधनलाई कारबाही गरिने बताइएको छ।