दार्चुलामा गाँजा फडानी

दार्चुलामा गाँजा फडानी

दार्चुला / दार्चुलाको शैल्यशिखर नगरपालिका .६ पनेबाजमा प्रहरीले गाँजाका बोट नष्ट गरेको छ । 
मालिकार्जुन प्रहरी चौकीले पनेबाजका खेतमा उम्रेका ५ सय बोट गाँजा नष्ट गरेको हो ।

बिहिवार प्रहरी चौकी मालिकार्जुनबाट खटिएको प्रहरी टोलीले स्थानीयका खेतमा उम्रेका गाँजाका बोट नष्ट गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

गाँजा चरेशका कारण समाजमा विभिन्न किसिमका अपराधिक   घटना घट्न सक्ने भएकाले गाँजा लगाएका अन्य ठाउँहरुमा पनि नष्ट गरिने प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिए । प्रहरीले दार्चुलामा बुधवार मात्रै ३ किलोग्राम चरेश बरामद गरेको थियो ।