कैलालीमा हतकडीसहित भागेका चौधरीको घरबाट  ४७ किलो गाँजा बरामद

कैलालीमा हतकडीसहित भागेका  चौधरीको घरबाट  ४७ किलो गाँजा बरामद

धनगढी । कैलालीमा हतकडीसहित भागेका  शंकर चौधरीको घरबाट  ४७ किलो गाँजा बरामद गरिएको छ। शुक्रबार कैलालीमा प्रहरीकै अगाडिबाट हतकडीसहित भागेका थिए । 

ईलाका प्रहरी कार्यालय जोशीपुरको प्रहरी टोलिले शंकरलाई हतकडी लगाएर ल्याउने क्रममा स्थानीय पथरैया नदीमा हाम फालेर उनी भागेका थिए।उनलाई  प्रहरीले शुक्रबार आफ्नै पितामाथि कुटपिटको आरोपमा समातेको थियो। उनले  कुटपपिट गरेको उजुरी परेपछि प्रहरीले उनलाई घरबाटै समातेको थियो। 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार हिजो फरार भएका शंकरको खोजीका क्रममा उनलाई जोशीपुर ४ हसनापुरबाट पक्राउ गरिएको जनाएको छ।  डिएसपि जोशीका अनुसार शंकर लागुऔषध सेवन गर्ने जानकारी पाएपछि प्रहरीले उनको घरमा खोजी गर्दा ४७ किलो गाँजा भेटिएको जनाएकोे छ।