आठ वर्षपछि पूर्वाधार निर्माणले गति लिँदै प्रादेशिक आयुर्वेद अस्पताल

आठ वर्षपछि पूर्वाधार निर्माणले गति लिँदै प्रादेशिक आयुर्वेद अस्पताल

धनगढी : सरकारले स्थापना गर्नेे निर्णय गरेको ८ वर्षपछि कैलालीको धनगढी उपमहानगरपालिका–१३, राजपुरमा प्रादेशिक आयुर्वेद अस्पताल स्थापनाका लागि पूर्वाधार निर्माण कार्यले गति लिएको छ । 

धनगढीसँगै जोडिएको राजपुरमा क्षेत्रीय आयुर्वेदक अस्पताल स्थापना गर्ने निर्णय सरकारले २०६७ सालमा गरेको थियो । तर, वनको जग्गाको स्वामित्व हस्तान्तरण हुन नसक्दा यसअघि पूर्वाधार निर्माण सुरु हुन सकेको थिएन । 

वनको ३९ कठ्ठा जग्गा आयुर्वेद अस्पताल मातहत आएपछि पूर्वाधार निर्माणको काम सुरु गरिएको ४ महिनामै २५ प्रतिशत कार्य पुरा भएको छ ।  अस्पतालका तीन वटा भवन निर्माणको काम तीव्र रुपमा भइरहेका भईरहेको हो । 

अधिकांश विकासका आयोजनाहरुको काम समयमै सम्पन्न नहुने समस्या रहेका बेला आयुर्वे्दिक अस्पतालको काम भने छोटो अवधिमै लक्ष्यभन्दा बढी काम भएको छ । चैतदेखि सुरु भएको भवन निर्माणको काम हाल सम्ममा २५ प्रतिशत सम्पन्न भएको छ । 

जुन लक्ष्यभन्दा ७÷८ प्रतिशत बढी रहेको शहरी विकाश तथा भवन निर्माण डिभिजन कार्यालय धनगढीका डिभिजन प्रमुख रविन्द्र बोहराले बताए ।

साढे दुई वर्ष्भित्र काम सक्ने सम्झौता भएपनि यही गतिमा अघि बढ्दा दुई वर्ष भित्र नै सकिने अपेक्षा गरिएको छ । पूर्वाधार निर्माणलाई तीव्रता दिएर जतिसक्दो चाँडो अस्पताल संचालन गर्नुपर्ने माग यहाँका स्थानीयले सरकारसँग गर्दै आएका थिए । 

पूर्वाधार निर्माणले गति लिएसँगै प्रादेशिक आयुर्वेद अस्पताल स्थापना हुने आशा बढेको आयुर्वेद अस्पताल विकास समितीका अध्यक्ष भोजराम रानाले बताए ।

अस्पताल निर्माणमा हाल दैनिक ४० जना कामदारले काम गरिहेकोले निर्माण अवधि भन्दा छिडो निर्माण कार्य सक्ने बताउछन निर्माण कम्पनीका ओभरसियर चन्द्र राना ।

गौरी–पार्वती–एनके–टीबीआर जेभीले १६ करोड ३६ लाख ६३ हजारको लागतमा आयुर्वेद अस्पतालका लागि ३ वटा भवन निर्माण गरिरहेको छ । 

०७७ सालदेखि प्रादेशिक आयुर्वेद अस्पताल सञ्चालन गर्ने लक्ष्य लिईएको छ । शहरी विकाश तथा भवन निर्माण डिभिजन कार्यालय धनगढीका डिभिजन प्रमुख रविन्द्र बोहराले जानकारी दिए ।

प्रदेश ७ मा आयुर्वेद अस्पताल छैन । जसले गर्दा प्राकृतिक चिकित्सा पद्दतिबाट उपचार गर्नुपर्ने बिरामी काठमाडौंलगायत अन्यत्र जानुपर्ने अवस्था छ । 

अस्पताल संचालन भएपछि चिकित्सा उपचार सेवामा नयाँ आयाम थपिने आयुर्वेद चिकित्सकहरुको भनाइ छ ।