बाजुराका बाल सहभागिताको नाममा छड्के किनारा साक्षी हुदैन : नगर प्रमुख अमर

बाजुराका बाल सहभागिताको नाममा छड्के किनारा साक्षी हुदैन :  नगर प्रमुख अमर

बाजुरा / बालबालिकाहरुलाई विभिन्न क्षेत्रमा सहभागिताको नाममा छड्के किनाराको साक्षी बनाउन नमिल्ने बडीमालीका नगरपालिका बाजुराका नगर प्रमुख अमर बहादुर खड्काले बताए । शुक्रबार युनिसेफ नेपालको सहयोग बडीमालीका नगरपालिकाको समन्वयमा बास नेपालले आयोजना गरेको स्थानीय योजना तर्जुमा प्रक्रियामा बालबालिका र युवाहरुको सहभागिता विषयक अन्र्तरक्रिया कार्यक्रममा नगर प्रमुख खड्काले उक्त कुरामा जोड दिएका हुन् । 

कार्यक्रममा बोल्दै नगर प्रमुख खड्काले नगरपालिका भित्र रहेका बालबालिकाहरुको सवालमा बालबालिकाहरुको निर्णायक तहमा  सहभागिता छ की छैन, सहभागिताको नाममा छड्के किनाराको साक्षीको रुपमा मात्रत छैनन भनेर हेरीने र अर्थपूर्ण सहभागिता गराईने बताए । नगरपालिकालाई निकट भविश्यमा बालश्रम मुक्त पालिका घोषणा गर्न तयारी रहेकोले विभिन्न संघ संस्थाहरुले पनि सहयोग गर्नुपर्ने समेत बताए । 

नगरपालिका भित्र रहेका बालबालिकाहरुको अहीलेको बास्तबीक अवस्थाको बारेमा लेखा जोखा गरिनुपर्ने बाजुरा जिल्लाका निमीत्त प्रमुख जिल्ला अधिकारी लोकेन्द्र बहादुर बिष्टले बताए । उनले भने विभिन्न संघ संस्था र स्वयंम नगरपालिकालाई विभिन्न योजनाहरु बनाएर काम गर्न अहीलेको बालबालिकाको आर्थिक अवस्था, सामाजिक अवस्था, बिद्यालय बाहीर रहेका, बालबालिकाका योजना निमार्ण र प्राथमीकताको अवस्था, बालबालिका अहिलेको सहभागिताको अवस्थाको बारेमा तथ्यांक सहित जानकारी हुन आवश्यक रहेको बताए । बाजुरा जिल्लाका बालबालिकाहरुको लागि बास नेपाल जस्ता विभिन्न संघ संस्थाहरुको सहयोग आवश्यक रहको समेत बताए । 

विभिन्न किसीमले घर छोडेर सदरमुकाम आयर पढ्ने लेख्ने बालबालिकाहरु अली बढी जोखिममा हुने गरेको बडीमालीका नगरपालिकाकी उप प्रमुख नन्दा थापाले बताईन् । उनले भनिन अभिभावकहरुको निग्रानी भन्दा बाहीर रहेका बालबालिकाहरु बढी जोखिममा छन् त्यस्ता बालबालिका साथी संगतका कारण पनि विभिन्न कुलतमा फस्ने गरेकोले त्यस्ता बालबालिकाकाहरुका अभिभावकहरु संग पनि छलफल गर्न आवश्यक रहको बताईन् । 

नगरपालिकाले बालबालिकाहरुको लागि छुट्टै नभई समग्रमा महिला बालबालिका, युवाहरुको लागि बजेट बिवियोजित गर्ने गरेको बडीमालिका नगरपालिकाका निमीत्त प्रमुख प्रशासकीय अधिकृत रंगमल बिकले बताए । उनले भने नगरपालिकाले बालबालिहरुलाई लक्षित गरी पालिकाभित्र नयाँ बन्ने भौतिक संरचना बालमैत्री र अपांग मैत्री बनाउने, आवश्यक बजेटको ब्यवस्थापन गराउने, विभिन्न कार्यक्रम बैठकहरुमा बालबालिकाहरुको अर्थपूर्ण सहभागिता गराउने, बालबालिका लक्षित खेलकुदका कार्यक्रमहरु पनि संचालन गर्दै आईरहेको समेत बताए ।

नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा बालश्रम, बालबिबाह, छाउपडी प्रथा, बिद्यालय बाहिर रहेका बालबालिकाहरु, बाल यौन दुब्र्यवहार, अर्थपूर्ण बालसहभागिताको विषयमा सहभागिहरुले आफ्ना सुझाब दिएका थिए । कार्यक्रममा नगर प्रमुख, उप प्रमुख, निमीत्त प्रमुख जिल्ला अधिकारी, प्रहरी निरिक्षक, स्वास्थ्य कार्यालय, शिक्षा समन्वय बिकास, पालिकाका सबै शाखा प्रमुख, अन्य जनप्रतिनिधी, बालक्लब, युवाक्लब र बास नेपालका कर्मचारीहरुको सहभागिता रहेको थियो ।