काठमाण्डौंमा प्रदेश पर्यटनमन्त्रीहरुको सम्मेलन हुँदै

काठमाण्डौंमा प्रदेश पर्यटनमन्त्रीहरुको सम्मेलन हुँदै

काठमाडौं । कोभिड–१९ महामारीले शिथिल बनेको मुलुकको पर्यटन क्षेत्रको पुनरुत्थान र यस क्षेत्रलाई चलायमान बनाउने उद्देश्यले आज राजधानीमा सातै  वटा प्रदेश पर्यटनमन्त्रीहरुको सम्मेलन आयोजना गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सातै प्रदेश सरकारका पर्यटनमन्त्रीलाई काठमाडौँ बोलाएर एक दिने सम्मेलन  आयोजना गरेको हो । सम्मेलनमा होटल, र्याफ्टिङ, होमस्टे, ट्राभल एजेन्सी, ट्रेकिङ एजेन्सी, पर्यटक यातायात सेवा, टुर गाइडलगायतको दर्ता, अनुमति, नवीकरण र नियमनमा सम्बन्धित प्रदेश सरकारबाट जारी भएका कानुन तथा मापदण्डबारे छलफल हुने मन्त्रालयले जनाएको छ ।

सम्मेलनमा संविधानमा राखिएका पर्यटन क्षेत्र सम्बन्धित अधिकार, सङ्घीय संरचना र अन्तर्सम्बन्ध, सङ्घ, प्रदेश र स्थानीय तहका जिम्मेवारी, चालु आर्थिक वर्षको बजेटले घोषणा गरेका नीति तथा कार्यक्रम, पुनरुत्थान कार्ययोजना, स्थानीय तहमा सञ्चालित पर्यटन पूर्वाधार साझेदारी कार्यक्रमलगायत विषयमा पनि छलफल हुनेछ । सम्मेलनको बिहान पर्यटनमन्त्री जीवनराम श्रेष्ठले उद्घाटन गरेका छन् ।