बैतडीको खोड्पे बजार क्षेत्रमा नाकमुख थुनेर हिँडछन्

बैतडीको खोड्पे बजार क्षेत्रमा नाकमुख थुनेर हिँडछन्

बैतडी । बैतडीको खोड्पे बजारको फोहर व्यवस्थापन नगरिदा समस्या भएको छ । जिल्लाको  पाटन नगरपालिका वडा नं ८ को खोड्पे बजारबाट उठाएको फोहर अव्यवस्थीत तरिकाले  सडक छेउमा फाल्दा ओहोरदोहर गर्ने पैदल यात्रुहरुलाई समस्या भएको हो । 

पाटन नगरपालिकाले टिप्पर मार्फत बजारबाट उठाएको फोहर यसरि खुल्ला ठाउँमा फाल्दा  महामारी  फैलीने  खतरा  बढेको स्थनीयहरुको भनाई छ । पाटन नगरपालिका ८ खोड्पे बजारबाट दिनहुँ निस्कने फोहोर अहिले खोड्पेबजार देखि ३सय मिटरको दुरिमा दशरथचन्द राजमार्ग संगै जोडिको अदेल्ला गैर भन्ने  ठाउँमा अव्यवस्थित तरिकाले फाल्ने गरिएको छ ।

सिद्वनाथ मन्दिर संगै जोडिएको अदेल्ला गैर भन्ने ठाउँमा अव्यवस्थित तरिकाले  फोहोर फाल्दा सम्म सम्बन्धित निकाय मौन बसेको भन्दै नागरिकहरु आक्रोसित बनेका छन् । यसरि खुल्ला ठाउँमा फालिएको फोहरका कारण नागरिकहरुलाई नाकमुख थुनेर  हिँड्नु  पर्ने  बाध्यता रहिआएको छ । बर्षातको बेलामा खोड्पे बजार बाट उठाएर  ल्याएको  फोहोरलाई  जंगली जनावर र कुकुरहरुले यत्रतत्र फैलाउँदा विभिन्न किसिमका  रोगहरु फैलिने डर समेत रहेको भन्दै  स्थानीय नागरिकहरुले  चिन्ता व्यक्त गरेका छन् ।

फोहर व्यवस्थापनका लागि वडा तथा नगरपालिकाले गम्भीर बन्नु पर्ने स्थानीयहरुको माग छ । खोड्पेबाट उठाइएको फोहर सडक छेउमा फालेको र आवतजावत गर्ने  नागरिक  नाकमुख थुनेर हिँडिरहेका तस्बिर अहिले समाजिक सञ्जाल फेसबुकमा भाइरल भएका छन् ।

यता वडा नं ८ क वडा अध्यक्ष हरिश विष्टले फोहरको दिर्घकालिन व्यवस्थापनका लागि योजना बनिरहेको बताएका छन् । फोहरको उचित व्यवस्थापनका लागि ठाउँको  खोजि भइरहेकाले यसको दिर्घकालिन समाधान गरिने उनले  बताए ।बैतडीका चारओटै नगरपालिकामा फोहर व्यवस्थापन चुनौती बनेको छ । 

नगरपालिकाहरुमा डम्पिङ साइड नहुँदा फोहर व्यवस्थापनका लागि समस्या भएको छ ।जिल्लाको पाटन नगरपालिकाले पनि फोहर व्यवस्थापनका लागि अझै डम्पिङ साइड बनाउन सकेको छैन् । पाटन नयाँ शहर आयोजनाले नगरपालिकाको सन्तोलीमा डम्पिङ साइड बनाईरहेको भएपनि काम सम्पन्न भएको छैन् ।

बैतडीको  पुर्चौडी , मेलौली  दशरथचन्द नगरपालिका पनि फोहर व्यवस्थापनमा असफल देखिएका छन् । यसरि  फोहरको  उचित व्यवस्थापन नहुँदा जनप्रतिनिधिहरुको आलोचना भइरहेको छ ।