बैतडीमा अनुगमन टोली पुग्दा व्यापारीले  पसल बन्द गरेपछि...

बैतडीमा अनुगमन टोली पुग्दा व्यापारीले  पसल बन्द गरेपछि...

बैतडी । बैतडीको सुर्नया गाउँपालिका भित्रका बजार व्यवसायी अनुगमन टोली देखेर भागेका बताइएको छ । शुक्रबार बजार अनुगमन गर्न सुर्नया भित्र रहेका पसलहरुमा पुगेको टोली देखेर त्यहाँँका कतिपय व्यापारी पसल बन्द गरेर भागेका बताइएको हो । 

चाडपर्व लक्षित बजार अनुगमन गरिरहेको संयुक्त बजार अनुगमन समिति बैतडी शुक्रबार सुर्नयाका विभिन्न स्थानमा बजार अनुगमनमा निस्कियो । सनशेरीमाण्डौंमा बजार अनुगमनका लागि टोली पुगेको थाहा पाउने बित्तिकै कठेगौंडा लगायतमा पसलेहरुले बजार बन्द गरेर भागेका  अनुगमन टोलीको भनाई  छ । 

टोली आउने खबर पाएपछि उनीहरुले पसल बन्द गरेकाले ७ जनालाई प्रशासनमा उपस्थित हुन निर्देशन दिइएको जिल्ला प्रशासन कर्यालय बैतडीका सूचना अधिकारी भारतीले बताए । ग्रामीण ठाउँका बजार अनुगमन भएका छैनन्  भन्ने  गुनासो बढेपछि जिल्लाको संयुक्त बजार अनुगमन टोली सुर्नया गाउँपालिका भित्र पसेको थियो ।

बजार अुनगमन गरिरहेका बेला आफ्नो पसलमा पनि छिर्छन भन्ने डरले पसल बन्द गरेका पसलेहरुलाई प्रशासनमा उपस्थितिका लागि भनेको र उपस्थित नभए कारबाही गरिने बताइएको छ ।उपभोक्ताको हित विपरीत खाद्य सामग्री विक्रि वितरण गर्नेलाई कानुन अनुसार कारबाही हुने प्रशासनका सूचना अधिकारी भारतीले बताए ।

यसअघि सगुन खबरले ग्रामीण बजार अनुगमन नभएको भन्दै समाचार प्रकाशन गरेर सम्बन्धित निकायको  ध्यानाकर्षण गराएको  थियो ।