मन्जुश्री फाइनान्स लिमिटेडले   मनायो तिज विशेष कार्यक्रम

मन्जुश्री फाइनान्स लिमिटेडले   मनायो तिज विशेष कार्यक्रम

धनगढी। मन्जुश्री फाइनान्स लिमिटेडको धनगढी शाखाले तिज विशेष कार्यक्रम मनाएको छ । फाइनान्सको धनगढी शाखाले हिन्दु नेपाली नारीहरुको विशेष पर्वका रुपमा मनाइने तिजको अवसरमा शुक्रबार तिज विशेष तथा मेहेन्दी कार्यक्रम मनाउँदै खुसी साटासाट गरेको जनाएको छ। कार्यक्रममा फाइनान्सका महिला कर्मचारी तथा ग्राहकहरुलाई तिजको शुभकामना दिँदै हिन्दु परम्परा अनुसार ‘दर’ खुवाएको धनगढी शाखाका शाखा प्रबन्धक हेमराज बिनाडीले बताए।

हिन्दु नेपाली नारीको महान् पर्व तिज हरेक वर्ष मनाइने भएकाले महिला दिदिबहिनीका लागि यो पर्व विशेष रहने उनको भनाई छ । त्यसैले पनि हामीले सोही परम्परालाई आत्मसाथ गर्दै तिजको अवसरमा ‘दर’ खुवाउने कार्यक्रमको आयोजना गरेको बताए । उनले तिज बिशेष ‘कार्यक्रमले संस्था र ग्राहकहरुबीच पेशागत सम्बन्ध मात्र नभएर अपनत्वको भावना उजागर हुने बताए । तिज बिशेष कार्यक्रममा उपस्थित महिला ग्राहक तथा कर्मचारीहरुले एकआपसमा खुसी साँटासाट गरेका थिए ।यस्तै संस्थाप्रति आर्कषण र घनिष्टताको महशुस समेत बढेको पाइएको छ । 
कार्यक्रममा सहभागी एक ग्राहकले प्राय कतिपय संस्था किन्ने र बेच्नेबीचको सम्बन्ध व्यवसायीकतालाई उद्धेश्य बनाएर बजारमा आउने गरेको बताईन् । थुप्रै संस्थाहरुसँग फगत बाड्नका लागि आफ्ना प्रोडक्ट र व्यापार मात्र हुन्छ। तर मन्जुश्री फाइनान्स लिमिटेडले ग्राहकलाई एउटा परिवारको रुपमा लिएको उनले भनिन् । उनले आफुले संस्थामा कारोबार गरेको ४ वर्ष भएको अनुभब ब्यक्त गर्दै सँधै सकरात्मक उर्जा पाएको बताईन्। फाइनान्सले हाल मुद्धती निक्षेपमा १२।१५५ र बचत खातामा ९।१५५ सम्म आकर्ष ब्याज तथा छिटो, छरितो र सरल कर्जा सुविधा समेत प्रदान गर्दै आइरहेको जनाइएको छ।