हरीतालिका तिजलाई भड्किलो र खर्चिलो नबनाउ : सदस्य भट्ट

हरीतालिका तिजलाई भड्किलो र खर्चिलो नबनाउ : सदस्य भट्ट

धनगढी ।  नेपाल प्रेस यूनियन कैलाली शाखाले तिज विशेष कार्यक्रम मनाएको छ । कैलाली शाखाले हिन्दु नेपाली नारीहरुको विशेष पर्वका रुपमा मनाइने तिजको अवसरमा शनिवार तिज विशेष तथा दरखाने  कार्यक्रम मनाउँदै शुभकामना आदानप्रदान गरेको छ  । कार्याक्रममा  कैलालीका पत्रकारहरुको बाक्लो उपस्थीती थियो ।  तिजको शुभकामना दिँदै हिन्दु परम्परा अनुसार ‘दर’ खुवाएको धनगढी शाखाका अध्यक्ष श्रवण देउवाले बताए ।

हिन्दु नेपाली नारीको महान् पर्व तिज हरेक वर्ष मनाइने भएकाले महिला दिदिबहिनीका लागि यो पर्व विशेष रहने उनको भनाई छ । त्यसैले पनि हामीले सोही परम्परालाई आत्मसाथ गर्दै तिजको अवसरमा ‘दर’ खुवाउने कार्यक्रमको आयोजना गरेको बताए । तिज बिशेष कार्यक्रममा नेपाली कांग्रेसकी केन्द्रिय सदस्य तथा धनगढी उपमहानगरपालिकाकी पुर्व उप प्रमुख शुसिला मिश्र भट्ट भनिन् तिज बिशेष कार्याक्रम मनाउनु सोभाविक हो तर तिजको नाममा अहिले बढी खर्चिलो र भड्किलो नगर्न हुन  निर्देशन दिएकी छन । भट्टले भनिन्,“तिजको बेलामा आफ्नै  घरमा बसेर परीवार संग मेलमिलाप गरेर मनाउने पर्व हो । यस तिजलाई सदभाव तरीकाले मनाउनु पर्ने हुन्छ ।” 

“अहिले बिदेशमा पनि नेपाली नारी दिदि बहिनीहरुले पनि तिज मनाएको सुन्दा निकै खुशि लाग्छ । किन भने हिन्दु नेपाली नारीहरुको  बिशेष तिजलाई तेसा्रे मुलक सम्म चिनाएको छ , हामीले तिजको पुरानो रितीरीवाजलाई कहिले बिर्षनु हुन्न । ” जसरी पार्वतीले शिवलाई पाउनुका लागी दुःख गरेको थियो हामीले पनि हाम्रा दाजु भाई,श्रीमानको दिर्घायूको कामना गर्नु पर्ने भट्टले बताईन ।