२०७८ को मदन पुरस्कार साहित्यकार डा. लम्साल लाई

२०७८ को मदन पुरस्कार साहित्यकार डा. लम्साल लाई

 

काठमाडौं । २०७८ सालको मदन पुरस्कार ‘अग्नि’का लेखक डा. नवराज लम्साललाई प्रदान गरिने भएको छ ।

त्यस्तै, जगदम्बा श्री पुरस्कार बनारसबाट प्रकाशित ‘उदय’का सम्पादक दुर्गाप्रसाद श्रेष्ठलाई प्रदान गरिने निर्णय गरेको मदन पुरस्कार गुठीले जनाएको छ ।

दुवै पुरस्कारको राशि जनही ४ लाख रुपैयाँ छ । दुवै पुरस्कार घटस्थापनाको भोलिपल्ट प्रदान गरिने अध्यक्ष दीक्षितले बताए ।