आज थारु समुदायको अतवारी पर्व,सुदूरपश्चिमका दुई जिल्लामा बिदा

आज थारु समुदायको अतवारी पर्व,सुदूरपश्चिमका दुई जिल्लामा बिदा

 कैलाली । कञ्चनपुर र कैलालीमा आज आइतबार सार्वजनिक बिदा दिइएको छ। सुदूरपश्चिम प्रदेश सरकारले थारु समुदायको अतवारी पर्वका अवसरमा आज सार्वजनिक बिदा दिएको हो।

सुदूरपश्चिम प्रदेश सरकारले यि २ जिल्लाका सम्पूर्ण सरकारी कार्यालय र सार्वजनिक निकायमा बिदा दिएको छ। आज थारु सामुदायमा आज द्वापर युगमा पाँच पाण्डवमध्येका माहिला भाइ भीमले थारू समुदायका एक जना छोरीलाई माथि भएको अत्याचारबाट मुक्त गरेको सम्झनामा आइतबार दिनभरि भीमको नाममा व्रत बस्ने र पूजाआजा गर्ने चलन रहेको छ। अतवारी पर्वका बेला थारु समुदायका पुरुषले पानीसमेत नखाई दिदीबहिनीको अटल सौभाग्यको कामना गर्दै पाँच पाण्डवमध्येका भीमको पूजा गर्ने गर्दछन्।

यस्तै  भीमले थारू राजा दंगिशरणलाई युद्धमा सहयोग गरेका कारण उनको पूजाआजा, व्रत बस्ने चलन रहिआएको छ।

अतवारी पर्वका अवसरमा यसअघि प्रदेश सरकारले भदौ १९ गते सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। तर तिथिअनुसार अतवारी पर्व भदौ १२ गते नै पर्ने भएकाले थारु कल्याणकारिणी सभाको मागपछि सो मिति संशोधन गरी आज पर्वको अवसरमा बिदा दिने निर्णय गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालय धनगढीले जनाएको छ।