लागुऔषधसहित कञ्चनपुरमा धनगढीका दुई जना पक्राउ

लागुऔषधसहित कञ्चनपुरमा धनगढीका दुई जना पक्राउ

धनगढी । लागुऔषधसहित कञ्चनपुरमा धनगढीका दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका वडा नम्बर १ पुष्पलाल चोक बस्ने ३२ वर्षीय हरीश खड्का र धनगढी ८ बस्ने २७ वर्षीय बिवेक बराल रहेको प्रहरीले जनाएको छ। 

कंञ्चनपुरको  ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले लौरी नगरपालिका ६ प्रेमनगरमा भारतबाट नेपाल तर्फ आउँदै गरेको से ३ प५६६६ नम्बरको मोटरसाइकल सहित २ जनालाई लागुऔषधसहित पक्राउ गरेको हो। 

 जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार उनीहरुलाई चेकजाँच गर्दा उनीहरुको साथबाट २.७८ ग्राम खैरो हेरोईन फेला पारी पक्राउ गरिएको जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।