एकीकृत समाजवादी पार्टी डोटीद्धारा उम्मेदवार सिफारीस

एकीकृत  समाजवादी पार्टी डोटीद्धारा उम्मेदवार सिफारीस

नवराज जोशी  / डोटी । आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनका लागी एकीकृत समाजवादी पार्टी डोटीले उमेदवार सिफारीस गरेको छ । 
पार्टी कार्यालय सिलगढीमा बसेको नेकपा एकीकृत समाजवादी पार्टी डोटीको सचिवालयको बैठकले संघ र प्रदेशका लागि प्रत्यक्ष र समानुपातिक उमेदवारको निर्णय गरी प्रदेश कमटीलाई सिफारीस गरेको हो । 
सिफारीस हुनेहरुमा निर्वतमान संस्कृति प्रर्यटन तथा नागरीक उड्यन मन्त्री प्रेम  आले संघमा प्रत्यक्ष तर्फ निर्वाचनमा भाग लिने छन । त्यसैगरी संघको समानुपातिक तर्फ सुदुर पश्चिम प्रदेश सरकारका निर्वतमान आन्तरीक मामीला तथा कानुन मन्त्री पुर्णा जोशी जोशी,ऐश्वरीया भण्डारी विष्ट,महादेब भारती,डम्मरु देब भट्ट रहेका छन । 

त्यसैगरी प्रदेश क– का लागि प्रत्यक्ष तर्फ पार्टीका प्रदेश अध्यक्ष हर्क बहादुर सिह र पार्टीका डोटी जिल्ला अध्यक्ष दीर्घराज बोगटी सिफारी भएका छन । प्रदेश क– समानुपतीक तर्फ शिवराज खड्का,सिता रायमाझी,गोरख शार्की, धन बहादुर नेपाली, खगेन्द नेपाली सिफारीस भएका छन । 
डोटीको प्रदेश ख– का लागि प्रत्यक्ष तर्फ प्रदेश सरकारका निर्वतमान आन्तरीक मामिला  तथा कानुन मन्त्री पुर्णा जोशी  र समानुपातिक तर्फ यज्ञराज जोशी, ताप सिह केलल,मेघराज भट्ट र नेत्र शाही सिफारीस भएका छन । 
सिफारी भएका उमेदवारको सुची आफ्नो राय सहित पार्टीको प्रदेश कमिटीले केन्द्रिय कमिटीलाइ  पठाउने छ र केन्द्रिय कमिटीले भदौ २० गते भित्र उमेदवारको छनोट गरी सक्ने एकृकीत समाजवादी पाटी डोटीका अध्यक्ष दिर्घराज बोगटीले जानकारी दिए । 
अध्यक्ष बोगटीले गठबन्ध भए संघ भागमा परे निर्वतमान संस्कृति प्रर्यटन तथा नागरीक उड्यन मन्त्री प्रेम आले र प्रदेशमा भए आफै निर्वाचन लड्ने जानकारी दिए ।