नेकपा एसका नेता सोडारी कैलाली ४ बाट निर्बिकल्प उमेदवार बने

नेकपा एसका नेता सोडारी कैलाली ४ बाट निर्बिकल्प उमेदवार बने

धनगढी । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागी नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यका लागी दीर्घ सोडारीको नाम निर्बिकल्प सिफारिश भएको छ ।

शनिबार धनगढीमा बसेको जिल्ला कमिटीको बैठकमा संघिय निर्वाचन क्षेत्र कमिटीले सोडारीको नाम एकल रुपमा सिफारिश गरेको एकीकृत समाजवादी कैलालीले जनाएको छ ।

नेकपा एसका नेता सोडारी सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री हुदै हाल भौतिक पुर्वाधार विकास मन्त्री छन। जिल्ला कमिटिले सोडारीलाई नै एकल रुपमा सिफारिश गर्ने निर्णय गरेको हो  ।  नेकपा एसै का केन्द्रीय कमिटी सदस्य तथा कैलाली जिल्ला इन्चार्ज समेत रहेका सोडारी २०७४ को निर्वाचनमा प्रतिस्पर्धी नेपाली कांग्रेसका यज्ञ चौधरीलाई ५ हजार मतको फराकीले अन्तरले प्राजित गर्दै प्रदेश सभामा निर्वाचित भएका थिए । 

सामाजिक विकास मन्त्री हुँदा उनले गरेका लोकप्रिय कामले चर्चा पाएका थिए । एमालेको बहुमत रहेको प्रदेशमा सो पार्टीलाई चौथो नम्बरमा पर्छाने सोडारीले नै मुख्य भुमिका खेलको जनाईन्छ ।

कैलाली ४ नम्बर क्षेत्रमा नेकपा (एस)को बर्चश्व रहेको भन्दै अन्य पार्टीले गठबन्धनको रुपमा उनलाई सहजरुपमा लिने बताइएको छ । सोडारी मन्त्री बहाल हुँदा निर्वाचन क्षेत्रमा अर्बौंको बजेट विनियोजन गरेर विकास निर्माणका कामहरु भैरहेको भन्दै जनता माझ लोकप्रिय समेत छन् । 

नेकपा एमाले बाट विद्रोह गर्दा सोडारीकै नेतृत्वमा सुदूरपश्चिम प्रदेश सभामा एक नम्बरको पार्टी भएको थियो ।एमाले बाट विद्रोह गरेर नेकर्पा एसै लाई समाजवादी पार्टीको देशमै पहिलो शक्तिका रुपमा उभ्याउन भुमिका खेलेका पनी पार्टीले सोडारी लाइ सुदूरपश्चिममा एक नम्बरमा टिकटको लिस्टमा राख्ने तयारी गरेको श्रोतले जनाएको छ ।