डोटीमा कांग्रेसले गठबन्धन गरे भोट होल्ड गर्ने चेतावनी

डोटीमा कांग्रेसले गठबन्धन गरे भोट होल्ड गर्ने चेतावनी

डोटी । डोटीमा कांग्रेसका नेता तथा कार्यकर्ताले गठबन्धन नगर्न तेतृत्वलाई आग्रह गरेको छ । तर नेपाली कांग्रेसले संसदीय चुनावमा गठबन्धन गरेरै चुनाव लड्ने घोषणा गरेको छ। डोटीमा कांग्रेसका नेता तथा कार्यकर्ताले गठबन्धन नगर्न चेतावनी नै दिएका छन्। नेपाली कांग्रेस डोटीले जिल्ला सदरमुकाम सिलगढीमा आयोजना गरेको “जनताको साथमा कांग्रेस अभियान” कार्यक्रममा सुझाव दिदै नेता तथा कार्यकर्ताहरुले जिल्लामा गठबन्धन नगर्न खबरदारी गर्दै आवश्यक नरहेको बताएका हुन् । 

डोटीमा ९० प्रतिशत मत कांग्रेससँग रहेको दाबी गर्दै जिल्लामा कुनै पनि पार्टीसँग गठबन्धन गरेको अवस्थामा मत होल्ड गर्ने चेतावनीसमेत दिएका छन्। 

अहिले गठबन्धनभित्र टिकट वितरण र भागबण्डाको लफडाले भने समस्या पर्ने देखिएको छ । । कांग्रेस सुदूरपश्चिमका सभापतिसमेत रहेका वीरबहादुर बलायर र एकीकृत समाजवादीका प्रभावशाली नेता प्रेमबहादुर आलेको गृहजिल्ला डोटीमा गठबन्धनमा  अलमल देखिएको छ । 

यस्तै काँग्रेस नेता तथा कार्य कर्ताले ‘गठबन्धन गरेर चुनाव लडेको अवस्थामा कांग्रेसले ठूलो घाटा बेहोर्नुपर्ने जनाएका छन । कार्यक्रममा सहभागी एक नेताले भने, ‘स्थानीय तहको निर्वाचनमा गठबन्धनबिनै कांग्रेसले राम्रो नतिजा ल्याएको छ। यहाँ कुनै पार्टीसँग गठबन्धन गर्न आवश्यक छैन। कांग्रेससँग आस्थावान मतदाताले रुखबाहेक अन्त मतदान गर्नेवाला छैनन्। जिल्लाका नेता कार्यकर्ताहरुको चाहनाविपरीत गठबन्धन गरियो भने ठूलो क्षति हुनसक्छ।’

त्यस्तै कांग्रेसका भ्रातृ संगठन, शुभेच्छुक संघ संगठन, पालिकाका सभापति तथा जिल्लाका नेताहरु मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा तालमेल गर्ने केन्द्रको निर्णयविरुद्ध उभिएका हुन्।