स्थानीय तहको मत परिणामको आधारमा गठबन्धन हुनु पर्ने : नेता आनन्द विष्ट

स्थानीय तहको मत परिणामको आधारमा गठबन्धन हुनु पर्ने  :   नेता आनन्द विष्ट

काठमाण्डौ । मंसीर ४ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको विषयलाइ लियर डोटीमा विभिन्न किसिमका गठबन्धन सम्बन्धी अड्कलवाजी गर्न थालीएको छ । डोटी जिल्लामा प्रदेशमा दुई र सघमा एक निर्वाचन क्षेत्र रहेको छ । डोटीमा नेपाली काँग्रेस गठबन्धन नगरी एक्लै निर्वाचनमा जाने पक्षमा देखीयको छ भने नेकपा माओवादी केन्द्र र समाजवादी गठबन्ध गर्नु पर्ने पक्षमा देखियको छ ।

यो विषयलाइ लिएर विभिन्न पार्टीका नेताहरुका विचारहरु फरफरक रहेका छन् । गठबन्धन सम्बन्धी अड्कलवाजी चलीरहेका वेला नेपाली काँग्रेसका पुर्व केन्द्रीय सदश्य आनन्द विष्टले स्थानीय तहको मत परिणामको आधारमा गठबन्धन हुनु पर्ने वताएका छन् । नेपाली काँग्रेस डोटी काठमाण्डौ सम्पर्क समितिले आइतवार राजधानी काठमाण्डौमा आयोजना गरेको भेटघाट कार्यक्रममा नेता विष्टले यस्तो वताउनु भएको हो । कार्यक्रममा वोल्दै नेता विष्टले आफु लामो समय देखी पाटीमा सक्रियतापुवर्क काम गरि रहेको वताउदै आफु पनि यस पटक संघिय निर्वाचन लड्ने तयारीमा रहेको वतायका छन् ।

यसै विच नेता विष्टले पाटी भित्र जस्ले टिकट पाउदा पनि एक ढीक्का भयर लाग्नु पर्ने वताएका छन् । स्थानीय तहको निर्वाचनमा डोटीका नौ वटा स्थानीय तह मध्य नेपाली काँग्रेस ७ नेकपा एमाले १ नेकपा माओवादी केन्द्र १ स्थानीय तहमा निवार्चीत भएको हो । स्थानीय तहको मत परिणमको आधार अनुसार डोटीमा प्रदेश र संघमा यक्लै निर्वाचन जित्न सक्ने काँग्रेस नेताहरुको भनाइ छ । नेपाली काँग्रेस डोटी काठमाण्डौ सम्पर्क समितिले आयोजना गरेको कार्यक्रममा काँग्रेस नेता लक्ष्मीराज पाठक, दिपक विष्ट, वडीकेदार गाउपालीका अध्यक्ष भैरव साउद, राम रोकाया, शिखर नगरपालीका १ का अध्यक्ष दिपक वोगटी लगायत सम्पर्क समितिका पादाधीकारी विद्यार्थी, तरुण तथा शुभेच्छुकहरुको अभागीता रहेको सम्पर्क समितिका अध्यक्ष विनोद वोगटीले वताएका छन् ।