कर्णालीका सबै माओवादी सांसद मन्त्री ,थप दुई मन्त्रीको शपथ आज

कर्णालीका सबै माओवादी सांसद मन्त्री ,थप दुई मन्त्रीको शपथ आज

कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने नेकपा माओवादी केन्द्रका दुई मन्त्रीले आज शपथ लिने भएका छन  । जाजरकोटकी कृष्णा शाह आचार्य र रुकुम पश्चिमका रातो कामीले कर्णाली प्रदेश सरकारको मन्त्री पदको शपथ लिने भएका हुन । सो शपथ लिएसँगै कर्णाली प्रदेशका सबै ११ माओवादी प्रदेश सांसद मन्त्री भएका छन् ।

माओवादीले सबै सांसदलाई भागबण्डा दिन आर्थिक मामिला तथा योजनामन्त्री बिन्दमान विष्ट र जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहलाई राजीनामा दिन लगाएको थियो । सो निर्देशनसँगै मुख्यमन्त्री जीवनबहादुर शाही समक्ष दुई मन्त्रीले आइतबार राजीनामा दिएका थिए । रिक्त दुई पदमा दुई सांसदले मन्त्रीको शपथ लिने बुझिएको छ ।