कैलाली ३ मा  उन्मुक्तीले मार्ला त बाजी

कैलाली ३ मा  उन्मुक्तीले मार्ला त बाजी

धनगढी ।  आगामी मंसिर ४ गते सरकारले प्रदेश र प्रतिनिधीसभा निर्वाचन घोषणा संगै बिभिन्न दल र उमेदवारहरुको चर्चा हुन थालेको छ । कुन क्षेत्रमा कुन दलले कस्तो ब्यक्तीलाई उमेदवार बनाउने भनेरपनि आम जनमानसमा चासोको बिषय बनेको छ । २०६४ यता निरन्तर माओवादीले जित्दै आएको कैलाली क्षेत्र नम्बर ३ कोपनि चचौ निकै चुलिएको छ । माओवादीको गढका रुपमा चिनिने कैलाली क्षेत्र नम्बर ३ मा यसपाली फरक परिणाम त आउँदैन भन्ने बजार तथा चिया पसलमापनि चर्चा हुन थालेको छ । २०७४ सालमा कैलाली क्षेत्र नम्बर ३ मा माओवादीबाट निर्वाचित गौरिशंकर चौधरी एमालेमा छन् । २०७० सालमा कैलाली क्षेत्र नम्बर ४ र ७४ मा ३ बाट बिजयी चौधरी यस पटक एमालेबाटै उमेदवार बन्ने सम्भावना छ ।

माओवादीबाट टिकटका सम्भावित प्रदेशसभा सदस्य बिरमान चौधरी र भुमी, ब्यवस्था, कृषी तथा सहकारी मन्त्री बिनिता चौधरी छन् । पुर्व सहकर्मी गौरिशंकर र उनिहरुबिच प्रतिस्प्रधा हुने देखिएको छ ।

यता स्थानिय तहमा जिल्लामै पहिलो दल बनेको नागरिक उन्मुक्ती पार्टीले कस्तो नतिजा ल्याउला भनेर चर्चा बढी छ । सो पार्टीले कसलाई उमेदवार बनाउने भनेरपनि चासोका साथ हेरिएको छ ।

कैलाली निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली काँग्रेसबाट खेमराज चौधरी, माओवादी केन्द्रबाट विनिता चौधरी र वीरमान चौधरी, नेकपा एमालेबाट गौरीशंकर चौधरी र नागरिक उन्मुक्ति पार्टीबाट गंगा चौधरीको नाम चर्चामा छ । तर कुनै पनि राजनीतिक दलहरुले उम्मेदवारको टुंगो भने लगाएका छैनन् ।