कर्मचारीलाई सोझै स्थायी गर्ने विधेयक विरुद्ध अनेरास्ववियु सुदूरपश्चिम प्रदेश कमिटीद्वारा विरोध प्रदर्शन

कर्मचारीलाई सोझै स्थायी गर्ने  विधेयक विरुद्ध अनेरास्ववियु सुदूरपश्चिम प्रदेश कमिटीद्वारा विरोध प्रदर्शन

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको निजामती सेवाको गठन, सञ्चालन तथा सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक विरुद्ध अनेरास्ववियु सुदूरपश्चिम प्रदेश कमिटीले  विरोध प्रदर्शन गरेका छन ।

सुदूरपश्चिम गठबन्धन सरकारले हाल कायम रहेको निजामति सेवा ऐन २०४९ को प्रावधान विपरीत अस्थायी र करार सेवाका कर्मचारीलाई सोझै स्थायी गर्न ल्याएको विधेक प्रती आपती जनाउँदै आज मुख्यमन्त्री कार्यालय अगाडी  विरोध प्रदर्शन गरेका हुन ।