अब यूवाले जाग्नु पर्ने बेला आयो : सचिब भट्ट

अब यूवाले जाग्नु पर्ने बेला आयो : सचिब भट्ट

राष्ट्रिय युवा संघ सुदुरपश्चिम प्रदेश आयोजक कमिटिको प्रथम बैठक  प्रदेशका संयोजक विनय शाहको अध्यक्षता  कन्चनपुरमा सम्पन्न भयको छ। 
उक्त कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सचिब लेखराज भट्टले अब यो देशमा यूवाले जाग्नु पर्ने बेला आएको बताएका छन । प्रमुख अतिथी रहेका भट्टले आफु सधैंब यूवाका साथमा हुने प्रतिबद्धता गरेका छ । 

 विशिष्ठ अतिथीमा  राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय अध्यक्ष किरण पौडेल   थिए । उक्त बैठकमा ९ ओटा जिल्लाका अध्यक्ष ,इन्चार्ज ,सह इन्चार्ज सहित प्रदेशका इन्चार्ज ,सह इन्चार्जहरुको उपस्थिती थियो । 

उक्त बैठकले आउदो संघ र प्रदेशको चुनावमा नेकपा एमाले लाई समर्थन नेकपा एमालेलाई पहिलो पार्टी  बनाउा विशेष रणनीति तयार गरेको छ।