माया मेट्रो अस्पताल सेवाको ५ औँ वर्षमा प्रवेश, सम्पूर्ण परीक्षणमा २५ प्रतिशत छुट दिने

माया मेट्रो अस्पताल सेवाको ५ औँ वर्षमा प्रवेश, सम्पूर्ण परीक्षणमा २५ प्रतिशत छुट दिने

धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढी स्थित छ लेन सडक सँगै रहेको माया मेट्रो अस्पताल प्रा.ली. ले आफ्नो सेवाको चार वर्ष पुरा गर्न लागेको छ । पछिल्लो समय सुदूरपश्चिम प्रदेशका नागरिकलाई गुणस्तरीय  दिँदै आएको अस्पतालले यही भदौ १५ गते आफ्नो सेवा कालका चार वर्ष पुरा गरी पाँचौँ वर्षमा प्रवेश गर्न लागेको हो । 

अस्पतालले आफ्नो वार्षिकोत्सवको अवसर पारी आफ्ना सम्पूर्ण परीक्षण सेवाहरू, ल्याब टेस्ट, एक्स-रे लगायतका सेवाहरूमा २५ प्रतिशत छुट दिने जनाएको छ । अस्पतालका अध्यक्ष धिरेन्द्र सावदका अनुसार अस्पतालले यही भाद्र १५, १६ र १७ गते उक्त सेवाहरूमा उल्लेखित छुट दिने छ । 

अस्पतालले एमएमएच सेवाहरू अन्तरगत दुर्घटना र आपत्कालीन, कार्डियोलोजी, क्रिटिकल केयर मेडिसिन, दन्त शल्यक्रिया, डेरट्रमालोजी, ईएनटी, सामान्य चिकित्सा, सामान्य शल्यक्रिया, न्यूरोसर्जरी, प्रसूति र स्त्री रोग, अर्थोपेडिक्स, बाल रोग र नवजात शिशु, मनोचिकित्सा, रेडियो निदान र अन्तरक्रियात्मक रेडियोलोजी तथा  यूरोलोजी गरी १५ प्रकारका सेवाहरू दिँदै आइरहेको छ । 

यस्तै, अन्य सेवाहरूमा २४ घण्टे आकस्मिक तथा ट्रमा सेवा, २४ घण्टे फार्मेसी सेवा, एनेस्थेसियातथा क्रिटिकल उपचार सेवा, नवजात तथा बाल रोग सेवा, दूरबिन प्रविधि बाट तथा विना दूरबिन सल्यचिकित्सकिय सेवा, स्त्री प्रसूति तथा बाझोपन सेवा, एमडी ईन्टरनल मेडिसिन बाट फिजीसियन सेवा, हाड जोर्नी तथा नशा रोग सेवा, यौन, छाला, सौन्दर्य तथा कपाल प्रत्यारोपण सेवा, नाक, कान, घाटी तथा हेड एण्ड नेक सर्जरी सेवा, दन्त चिकित्सकीय सेवा, क्यान्सर स्क्रिनिङ, एफएनएसी तथा बायोप्सी सहितको प्याथलोजी सेवा, क्यान्सर सेवा तथा परामर्श, इन्डोसकोपीसेवा, अल्ट्रासाउन्ड सेवा, इको तथा इसीजि सेवा, टिएमटी, एबीपिएम, होल्टर सेवा, आइसियु, एनआईसियु, पिआईसियु, एमआईसियु सेवा दिँदै आइरहेको उनले बताए । 

यसै गरी,  बतानुकुलित ओपिडी तथा एसी डिलक्स क्याबिन सहितको सेवा, अत्याधुनिक डिजिटल एक्स-रे सेवा, अत्याधुनिक भिडियो एक्स-रे सेवा, अत्याधुनिक सीटी स्क्यान (६४ स्लाइस) सेवा, एमआरआई सेवा, यूरोलोजी सेवा प्रोस्टेट मा मासु पलाएको शल्यक्रिया, पिसाब नली तथा मिर्गौलाको नलीमा –पीसिएलएल, एमआईएनआई पीसिएलएल) मा भएको पत्थरी दूरबिन प्रविधि बाट शल्यक्रिया सेवा, फिजीयोथेरापी सेवा, ल्याप्रोस्कोपिक तथा जनरल सर्जरी हर्नियाँ हाइड्रोशील, एपेन्डिक्स, ल्याप चोले आन्द्रामा मासु पलाएको, कलेजोमा मासु पलाएको, स्तन, अण्डकोष, लिगंको अप्रेसन, आन्द्राको क्यान्सर, शरीरका विभिन्न भागमा भएका गाँठा गुठीको शल्यक्रिया सेवा, न्युरो सर्जरी सेवा ( टाउको मा  चोट पटक, मस्तिष्कमा रगत जमेको, बच्चाको मस्तिष्कमा ब्रेन ट्युमर, मेरुदण्डको चोट, स्पाइनको ट्युमरको ) शल्यक्रिया, मनोचिकित्सक ९मानसिक रोग सम्बन्धित सेवा ), अनलाइन भुक्तानी ई सेवा तथा फोन पे सेवा समेतका सम्बन्धित सेवा प्रदान गर्दै आइरहेको अध्यक्ष सावदले जानकारी दिए ।