सुदुरपश्चिमको केन्द्र बिन्दु अत्तरिया बजार अस्तव्यस्त

सुदुरपश्चिमको केन्द्र बिन्दु अत्तरिया बजार अस्तव्यस्त

अत्तरिया / सुदुरपश्चिम प्रदेशको राजधानिमा रहेको अत्तरिया बजार अस्तव्यस्त बनेको छ । बजारमा जथाभावि सवारी पार्किङ, फुटपातको व्यापार र छाडापशुचौपायले गर्दा बजार निकै अस्तव्यवस्त बनेको हो । बजारमा भएको भिडभाडले गर्दा दुर्घटनाको समेत जोखिम बढेको छ । 
नजिकै रहेको स्थानिय सरकार भने मुख दर्शक बनेको स्थानियको आरोप छ । प्रदेशको केन्द्र बिन्दु समेत रहेको अत्तरिया बजार कुरुप बन्दै जानु स्थानिय सरकारको लापरवाही भएको स्थानियले आरोप लगाएका छन् । अत्तरिया बजारमा सडकका छेउछाउमा ठेला व्यवसायीहरु रहेका छन भने चोकको चारैतिरका सडकमा जथाभावी सवारी पार्किंङ गरिरहेका छन् । चोक नजिकै छोटो दुरीका सवारीहरु महेन्द्रनगररोड, धनगढी रोडमा पार्किङ हुन्छन भने लामो तथा छोटो दुरीका सवारीहरु पहाडरोड र पुर्वरोड ट्राफिक प्रहरी कार्यालयकै अगाढी पनि पार्किङ हुने गरेका छन् । 
लामो तथा छोटो दुरीका सवारीसाधनले बजारमै यात्रुहरु ओराल्ने र उकाल्ने गरेका छन् । पहाडी जिल्ला डडेल्धुरा र डोटीमा चल्ने हायसले पनि अत्तरिया चोकमै रोकेरै यात्रु हाल्ने गरेका छन् । अत्तरियामै रहेको बसपार्कमा लामोदुरीका सवारी साधानहरु मात्रै रोकिने गरेका छन् । ट्राफिक प्रहरीले पनि यस तर्फ ध्यान नदिएको प्रति  स्थानियको गुनासो छ । त्यस्तै अत्तरिया बजारमा रहेका ठेला ब्यबसायीलाई व्यवस्थीत नगर्दा पनि बजार ठेलाछाप्राले अस्तव्यस्त बनेको छ । सटरमा व्यापार गर्ने व्यापारीहरुको पसल अगाडी नै ठेलाछाप्रा व्यवसायीले व्यापार गरीरहदा आफुहरुको व्यापार व्यवसायमा घाटा भैरहेको सटर व्यवसायीहरुले गुनासो गरिरहेका हुन्छन । अव्यवस्थीत ठेलाछाप्राले बजारको सौन्दर्यता समेत विगारेको उनिहरुको भनाई छ । 

दिनप्रतिदिन अहिले बजारमा ठेला संगै ब्यापारीहरुले सडकमै ब्यापार गर्न थालेका छन् । पहाडरोडमा रहेको बाणिज्य बैंक आगाढी सडकनै छापिने गरी तरकारी व्यवसायीहरुले व्यापार गरिरहेका छन् । यसले गर्दा सडकमा दुर्घटनाको जोखिम बढेको स्थानिय बताउछन् । अत्तरिया चोकमा फुटपातका व्यवसायीहरुले व्यापार व्यवसायी गर्दा चोकमा आउने जाने सवारी साधन र पैदल यात्रीलाई समस्या भएको स्थानिय व्यापारी करुणाकर पाण्डेयले बताए । “अत्तरिया बजारमा फुटपातका व्यापारीहरुले चोकतिर मात्रै गएर चोक क्यापचर गरेर आउने जाने मान्छेलाई साह्रै समस्या भएको छ” उनले भने “यसले गर्दा चोकमा आएका सवारीवाला मान्छे र अशक्त मान्छेहरुलाई अप्ठ्यारो परेको यसले चोकको रुप एकदम सुन्दर हुनुपर्ने कु्रप बन्दै गएको छ । यसमा जनप्रतिनिधी, स्थानीय व्यवसायी र उद्योग बाणिज्य संघले समयमै बिचार पुर्यार व्यवस्थीत बनाउनुपर्ने आवश्यकता देखिन्छ ।”

चोकमै गएर सडक छेउमा व्यापार व्यवसाय गरी भीडभाड बढ्दा चोकको सुन्दरता समेत बिगारेको स्थानिय व्यापारि पाण्डेयको भनाई छ । त्यस्तै अर्का स्थानियवासी यादव फुलाराले सुदुरपश्चिमको मुटुमा रहेको अत्तरिया बजारलाई व्यवस्थीत बनाउन आवश्यक रहेको बताए । सबैले पहल संगसंगै स्थानिय सरकारले बजार व्यवस्थीत गर्न आफ्नो निति नियम लागु गर्नुपर्ने उहाले बताए । पछिल्लो समयमा आएको स्थानिय सरकारले तीन महिना बितिसक्दा पनि बजार व्यवस्थीत गर्न कुनै चासो नदेखाएको स्थानिय शिवराज जोशीले गुनासो गर्नुभयो । उहाले बजारमा रहेका अस्तव्यस्त ठेलाहरुलाई नगरभित्र थुप्रै सार्वजनिक जमिन रहेको र उक्त जमिनको एक ठाउमा व्यवस्थीत गर्दा ठेला व्यवस्थापन हुने बताउनुभयो । निर्वाचनका बेला घोषणा पत्रमा अत्तरिया बजारलाई सुन्दर र सफा राख्ने भने बमोजिम अहिले लागु नभएको जोशीको भनाई छ । अत्तरियामा रहेको अत्तरिया उद्योग बाणिज्यसंघले पनि बजार व्यवस्थापनमा कुनै चासो नदेखाएको आरोप लागेको छ । अत्तरिया उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष कल्याण सिंह बोहराले एक दुई दिनमै अत्तरियाका ठेला व्यवसायी, प्रहरी प्रसान लगायत सम्बन्धीत क्षेत्रका व्यक्तीहरुलाई बोलाएर व्यवस्थापन सम्बन्धी छलफल र पहल गर्ने बताए । अत्तरियाका ठेलाव्यवसायीले पनि सुलभ हिसावले व्यवसायी गर्न पाउने गरी एउटा स्थान तोकिदिन नगरपािलकालाई आग्रह गरेको उनले बताए । व्यवसायीको हितमा बोल्ने संघ भएकाले बजारमा ठेला रहेका व्यवसायीहरुलाई सहज तरिकाले व्यवस्थीत गर्ने बताए । हिजोको स्थानिय सरकारले बजार व्यवस्थापनमा नसोचेको र आजको स्थानिय सरकारले अवश्य सोच्नुपर्ने उनको भनाई छ ।

उता गोदावरी नगरपालिकाका मेयर बिरेन्द्र भट्टले बजार व्यवस्थापन सम्बन्धी काम भईरहेको बताउदै कुनै प्रतिक्रिया दिन मानेनन् तर अव्यवस्थीत अत्तरिया बजारलाई सुन्दर र व्यवस्थीत बनाउने जिम्मेवारी गोदावरी पालिकाकै हो । झण्डै दुई दशक पछि नेपालमा २०७४ सालमा स्थानिय तहको निर्वाचन भएको थियो । पहिलो पटक निर्वाचित बनेर आएका जनप्रतिनिधीहरुले बजारलाई व्यवस्थीत गर्न खासै पहल नगरेको स्थानियको भनाई छ । दोस्रो पटक यहि बैशाख ३० गते सम्पन्न भएको स्थानिय तहको निर्वाचनबाट निर्वाचित बनेका जनप्रतिनिधीहरुले पनि तीन महिना बित्दा समेत कुनै चासो देखाएका छैनन् । नगरपालिकाले नगरमा ९ जना नगरप्रहरी खटाएको छ तर अत्तरिया बजार व्यवस्थीत तीर भने कसैको ध्यान छैन् । अहिले अत्तरियामा करिब ३ सय ठेला व्यवसायीहरु रहेका छन् । अत्तरिया क्षेत्रमा करिब ५ सय ईरिक्सा र पेट्रोलवाला रिक्सा सञ्चालनमा रहेका छन् ।