डोटीमा कांग्रेसबाट आकांक्षा देखाउने सबै नयाँ अनुहार

डोटीमा कांग्रेसबाट आकांक्षा देखाउने सबै नयाँ अनुहार

डोटी । आसन्न प्रदेश सभा निर्वाचनका लागि नेपाली कांग्रेसबाट नयाँ अनुहारले मात्र उम्मेदवार हुने आकांक्षा दर्शाएका छन् । मंगलबार नेपाली कांग्रेसले जारी गरेको सुचना अनुसार प्रदेश (क्षेत्रीय समिति ) कार्यालयमा आधिकारीक रुपमा नाम दर्ता गराएका छन् । आकांक्षा देखाउनेहरुको जम्बो टोली बनेको छ ।
प्रदेश सभा क मा प्रत्यक्ष तर्फ ७ र समानुपातिक तर्फ १६ गरी २३ जना रहेका छन् । त्यस्तै प्रदेश ख मा प्रत्यक्षतर्फ ९ र समानुपातिक तर्फ ११ गरी २० जना रहेका छन् । प्रदेश सभाको निर्वाचनका लागि सबै नयाँ अनुहार हुन् । पुराना अनुहारका कुनै पनि नेताले प्रदेश सभासदस्यतर्फ रुची देखाएका छैनन् ।
प्रदेश सभा क मा पार्टी सभापति नरेन्द्र बहादुर सिंह , महाधिबेशन प्रतिनिधी जीत बहादुर खड्का, प्रदेश सदस्य भक्तराज जोशी, पूर्व नगरप्रमुख घनश्यामदक्त पाठक , तरुण दलका पूर्व केन्द्रिय सदस्य राम बहादुर रोकाया, , नेताहरु अर्जुन बहादुर खड्का, नन्दसिं धामीले नाम दर्ता गराएका छन् । प्रत्यक्ष तर्फ नाम दर्ता गराएका यी कुनै पनि आकांक्षिले यसअघि सांसदको निर्वाचन लडेका छैनन् । ०७४ को निर्वाचनमा प्रदेश सभा क बाट निर्वाचीत भरत बहादुर खड्का र लामो समय सांसदमा निर्वाचीत भक्तबहादुर बलायरले पनि आकांक्षा देखाएनन् ।
त्यस्तै प्रदेश ख मा पनि नयाँ अनुहार नै आएका छन् । निर्वतमान जिल्ला सभापति प्रदिप कुमार देउबा, १४ औं महाधिबेशनका जिल्ला सभापतिका उम्मेदवार भूमीराज बडु, शिखर नगरपालिकाका निवर्तमान नगरप्रमुख सीताराम जोशी, जिल्ला सचिव नारायण बलायर, केआईसिंह गाउँपालिका सभापति अर्जुन बलायर, पुर्व महाधिबेशन प्रतिनिधी लक्ष्मीराज पाठक, पदमराज जोशी तथा नेताहरु भक्त बहादुर मल्ल र सर्वजीत रावलले प्रत्यक्ष तर्फ चुनाव लड्ने आकांक्षा पार्टीमा देखाएका छन् । यस अघि प्रदेश सभासदस्यका लागि ख बाट निर्वाचनमा लडेका योगेन्द्र बहादुर शाही, अन्तरिम संसदका सदस्य यज्ञराज पाठकले पनि चाहना राखेनन् । बरु ०७४ सालमा समानुपातिक उम्मेदवार पदमराज जोशीले भने प्रत्यक्ष तर्फ जाने भएका छन् ।
समानुपातिक तर्फ प्रदेश क मा प्रेमा श्रेष्ठ, रबिन्द्र बागचन्द, श्याम खड्का, कुमार सिं टेलर, प्रेम बहादुर बलायर, धौली देवी रावल, शेर बहादुर बोगटी, पार्वती चन्द, कमला देवी बोहरा, पूणर् बहादुर कठायत, मिना बिक, माया देवी कुँवर, दुर्गा शर्मा, चेतराज उपाध्याय, बिरेन्द्र शाह र प्रशिस महराले नाम दर्ता गराएका छन् । यी मध्यमा पनि अधिकांस सांसदका लागि नयाँ अनुहार नै हुन् । ०७४ को निर्वाचनमा समानुपातिकको उम्मेदवार दलिततर्फ कुमारी सिंह टेलर परेका थिए ।
त्यसस्तै प्रदेश ख मा समानुपातिक तर्फ कृष्ण बहादुर चन्द, दिर्घ बहादुर बम, दिपक बहादुर शाही, तेज बहादुर लुहार, प्रतिमा शाह शाही, भावना बम ओझा, रामचन्द्र राणा, लाल बहादुर बिक, लिलाधर जोशी, सोपान सिं बोहरा र इन्द्रा बोहरा रहेका छन् ।