सुदूरपश्चिम प्रदेश सरकारको प्रमुख सचिवमा दुवाडी

सुदूरपश्चिम प्रदेश सरकारको प्रमुख सचिवमा दुवाडी

धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको प्रमुख सचिवमा नारायण प्रसाद शर्मा दुवाडी आएका छन्। सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले दुवाडीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो। बढुवापछि सचिव दुवाडीलाई सुदूरपश्चिमको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको प्रमुख सचिवमा पदस्थापन गरिएको हो।

बुधबारबाट उनले आफ्नो कार्यभार सम्हाल्ने भएका छन्। उनी यसअघि प्रधानमन्त्रीको कार्यालयमा कार्यरत थिए। विगत लामो समयदेखि प्रदेश सरकार प्रमुख सचिवविहीन बनेको थियो।यसअघिका प्रमुख सचिव मधुसुदन बुर्लाकोटीलाई सुरुवा गरिएपछि प्रदेश सरकार निमित्तको भरमा चलेको थियो।