सुदूरपश्चिमका भौतिक पुर्बाधार राज्यमन्त्री कुलबिर चौधरी पदबाट बर्खास्त

सुदूरपश्चिमका भौतिक पुर्बाधार राज्यमन्त्री कुलबिर चौधरी पदबाट बर्खास्त

धनगढी/ सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पुर्बाधार राज्यमन्त्री  कुलबिर चौधरीलाई पदबाट हटाइएको छ। 

एकीकृत समाजवादी पार्टीबाट २०७८ चैत २५ गते राज्यमन्त्री पदमा नियुक्त भएका चौधरीलाई पदबाट हटाइएको हो। उनलाई पार्टीले नै मन्त्री पदबाट हटाउन भनेपछि हटाइएको प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री रणबहादुर रावलले जानकारी दिए। 

पार्टीको नीति विपरित कार्य गरेको भन्दै हटाएको हुन सक्ने सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री रावलको भनाइ छ। उनले भने –‘मन्त्रीबाट हटाइएको हो । आधिकारिकता आउन बाँकी छ।’