कञ्चनपुर पुगेका एमाले अध्यक्ष ओलीले भने, 'जनता कार्यकर्ता एमालेमा, नेता गठबन्धनमा'

कञ्चनपुर पुगेका एमाले अध्यक्ष ओलीले भने, 'जनता कार्यकर्ता एमालेमा, नेता गठबन्धनमा'

धनगढी । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनता एमालेमा रहेको र नेताहरू गठबन्धनमा रहेको बताएका छन् । अध्यक्ष ओलीले बुधवार कञ्चनपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो टिप्पणी गरेका हुन् । 

उनले देशभरिमा साँच्चिकै जनलहर आएको र दिनानुदिन पार्टी प्रवेशका कार्यक्रम भइरहेको बताउँदै भने, 'जनता यता, नेता उता । जनता एमालेमा पार्टीका कार्यताहरु एमालेमा, देश बनाउन पर्छ भन्दै लागेका सबै व्यक्ती एमालेमा, नेताहरू गठबन्धनमा ।'

ओलीले देश बनाउनका लागी एमालेलाई बलियो बनाउनुपर्ने मात्रै विकल्प रहेको दाबी गरे । 

यस्तै, अध्यक्ष ओलीले नेपाली काँग्रेसका कार्यकर्ता कसरी मन थामेर बसेका होलान् ? भन्दै कटाक्ष पनि गरे। उनको टिप्पणी थियो, 'मनमनै छटपटाएका छन्। खान मन नलागेर घरमा खाना थोरै पस्क भन्छन्। सुत्ने बेला निद्रा लाग्दैन। छटपटिन्छन्। यस्तो छ पार्टीको हालत। के होला भनेर लागियो।’ 

काँग्रेस के पो भयो भन्ने चिन्ता लिइरहेको उनले बताए। उनीहरूलाई चिन्ता नलिन, नतड्पिन र आँसु नखसाउन ओलीले आग्रह गरेका छन्। भने अध्यक्ष ओलीले मंसिर ४ को निर्वाचनमा एमालेले कम्तिमा १५० सिट जित्ने दाबी समेत गरेका छन्।